महिला, विपन्न तथा जेष्ठ नागरिकमैत्री स्थानीय सरकार (भिडियाेसहित)

शुभाकर विश्वकर्मा,जुम्ला
हिमा गाउँपालिका वडा नम्बर ७ धाचु गाउँकी हासपुरा शाही ६२ वर्षकी भइन् । बुढ्याैली लागेसँगै उनी आँखा कम देख्न थालेकी छन् ।

उनी शारीरिक रूपमा समेत कमजाेर हुँदै गएकी छन् । शाहीलाई आँखाकाे चेकजाँच सदरमुकाम धाउन परेकाे छैन । स्वास्थ्य उपचारकाे लागि पनि अन्यत्र धाउनु पर्ने दु:ख छैन, शाहीलाई ।
उनी भन्छिन्,`आँखाकाे उपचार स्थानीय सरकारले गरिदिन्छ । गाउँमै स्वास्थ्य सेवा पाइएकाे छ । टाढा जानुपर्ने दु:ख छैन ।´
गाउँपालिकाकाे सहयाेगमा शाहीकाे दुई वर्ष पहिले दाँया आँखा शल्यक्रिया गरिएकाे थियाे । उक्त सेवा उनले नि:शुल्क पाएकी थिइन् ।

गाउँपालिका कै आयाेजनामा सुरू भएकाे माेति विन्दु सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविरमा भेटिएकी उनी अहिले बाँया आँखा शल्यक्रिया गर्दैछिन् ।
हिमा-५ का सन्ताेके कामीकाे परिवार आर्थिक रूपमा विपन्न छ । ज्यालादारी गरेर परिवारकाे गर्जाे टारिरहेका सन्ताेकेकी श्रीमतीलाई पनि आँखाकाे समस्या छ ।

उनले श्रीमती काली कामीकाे आँखा सम्बन्धिकाे समस्या समाधानकाे लागि लामा समय उपचार गर्न सकेनन् । ६० वर्षीया कामीकाे दुबै आँखाकाे शल्यक्रिया गर्नुपर्नेछ । यस्तै ७७ वर्षीय सार्के अधिकारी पनि गाउँपालिकाकाे सहयाेगमा पहिलाेपटक आँखाकाे शल्यक्रिया गर्दैछन् ।


हासपुरा, सार्के र काली त केही प्रतिनिधि पात्रमात्र हुन् । हिमा गाउँपालिकाले जेष्ठ नागरिक तथा विपन्न नागरिककाे स्वास्थ्य सेवालाई प्राथमिकता दिदै आएकाे छ ।

जेष्ठ नागरिकहरूकाे समस्यालाई मध्यनजर गर्दै पालिकाले घरदैलाेमा सेवा प्रवाह गरिरहेकाे छ । केही महिनाकाे अन्तरमा स्वास्थ्य जाँचदेखि शल्यक्रिया सेवासम्म पुर्याउदै आएकाे गाउँपालिकाले जनाएकाे छ ।


यस्तै विपन्न तथा सुत्केरी महिलालाई लक्षित गरेर नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेकाे छ । नागरिकलाई लक्षित गरेर तीन वटा एम्बुलेन्स सेवा दिने हिमा एकमात्र पालिका हाे ।

एम्बुलेन्स घरदेखि स्वास्थ्य संस्थासम्म नि:शुल्क सेवा प्रदान गरिरहेकाे अध्यक्ष लक्ष्मण शाही बताउँछन् । उनका अनुसार नागरिकको बिमा समेत गाउँपालिकाले गरिदिएकाे छ । `जनता हाँस्दा दन्त मिसाउने रूदै गर्दा आँशु मिसाउनेछाै । चुनावी प्रतिबद्धता अनुसार काम गर्नेछाै । सधै जनताकाे पक्षमा काम गर्नेछाै´ अध्यक्ष शाहीले भने ।

नि:शुल्क माेति विन्दु शल्यक्रिया शिविर

हिमा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा माेति विन्दु सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविर सम्पन्न भएकाे छ । हिमा गाउँपालिकाकाे आयाेजनामा तीन दिने माेति बिन्दु सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविर सम्पन्न भएकाे हाे ।

शिविर असाेज १५ गतेदेखि सुरू भएमाे थियाे । आर्थिक अभावले आँखाकाे उपचार गर्नबाट बन्चित नागरिकलाई लक्षित गरेर सेवा सुरू गरिएकाे हाे । उक्त शिविर वषर्षकाे दुईपटक हुने गरेकाे छ । मोतिबिन्दुको उपचार गर्न नसकेका बिरामीहरूको निःशुल्क शल्याक्रिया गरिएकाे छ ।

सिंजा क्षेत्रमा रहेका तीन पालिकाका नागरिकलाई लक्षित गरेर शिविर आयाेजना गरिएकाे हिमा गाउँपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ । कुल एक सय नागरिककाे राहतका लागि शिविरकाे आयाेजना गरिएकाे हिमाका स्वास्थ्य शाखा संयाेजक रतन बहादुर रावतले बताए ।

रावतका अनुसार एक सय जनाकाे स्किन टेस्ट गरिएकाे थियाे । पहिलाे दिन जाँच गरि दाेस्राे र तेस्राे दिन शल्यक्रिया सम्पन्न गरिएकाे उनले बताए । शिविरको क्रममा ९५ जनाकाे आँखा जाँच गरिएकाे छ । ३५ जनाकाे शल्यायाक्रिया सम्पन्न भएकाे छ ।
हिमालय आँखा अस्पतालबाट शिविर प्रमुख शुवास नेपालकाे नेतृत्वमा आँखा विशषज्ञ डाक्टरकाे टाेली हिमा पुगेकाे थियाे ।

गाउँपालिका अध्यक्ष शाहीकाे सम्बाेधन