ताताेपानी-८ काे सार्वजनिक सुनुवाइ : वडा सरकारलाई नागरिकप्रति जवाफदेही बनाउनुपर्नेमा जाेड

जुम्ला : जिल्ला तातोपानी गाउँपालिका ८ नम्बर कार्यालय टाेप्ला जुम्लाकाे आर्थिक वर्ष २०८०/०८१ काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । तातोपानी गाउँपालिका ८ नम्बर कार्यालय टाेप्ला जुम्लाकाे आयाेजनामा आर्थिक वर्ष २०८०/०८१ काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे हाे ।


सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले शिक्षा,स्वास्थ्य,पशु,कृषि लगायतका क्षेत्रमा भएका समस्याका विषयमा प्रश्न गरेका थिए । स्थानीय मानबहादुर शाहीले सावर्वजनिक सुनुवाइ ,राजस्वकाे स्वामित्व कसकाे हाे भन्दै प्रश्न गरे । लाेकबहादुर शाहीले २०७६ सालकाे दिवा खाजा बापतकाे रकम उपलब्ध नभएकाे बताए ।


कालिका मावि टाेप्लाका प्रधानाध्यापक मानबहादुर शाहीले विशेष क्षेत्रका रूपमा रहेकाे वडा नम्बरसम्म जाेड्ने सडक सञ्जाल जाेड्ने पहल गरिदिन अनुराेध गरे ।

अन्य स्थानीयका साथै वडा सदस्य सुनिल शाहीले वडाअध्यक्षकाे कार्यशैलीप्रति प्रश्न उठाएका थिए । उनले वडाका अधिकांश काममा वडाअध्यक्षले एकलाैटी निर्णय गर्ने गरेकाे बताए ।


उक्त अवसरमा बाेल्ने अधिकांश वक्ताहरूले तातोपानीले जिल्लामै नयाँ सुरूवात गरेकाे बताएका थिए । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईका वडाहरूमा पुगेर स्थानीयका गुनासा सुन्न र पालिकाले गरेका राम्रा कामकाे प्रचार प्रसार गर्न वडाहरूमा सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयाेजनम गरिएकाे बताए ।


उनका अनुसार आगामी नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक सुनुवाइकाे क्रममा आएका सुझावलाई समेटिनेछ ।
`जिल्लामै पहिलोपटक हामी वडाका कुरा सुनिरहेका छाै । हामीलाई रचनात्मक सुझाव पनि आएका छन् । गुनासा सुन्ने  सुनाउने माध्यम बनेकाे छ ।´अध्यक्ष चाैलागाईले भने ।

उपाध्यक्ष रेवती रावलले वडा नम्बर ८ मा अपेक्षाकृत रूपमा प्रश्न नआएपनि आएका प्रश्नहरू गम्भीर रहेकाे बताइन् । उनका अनुसार वडा सरकारलाई प्रश्नु वडाबासीकाे दायित्व हाे । राम्रा कामकाे समर्थन र नराम्रा कामकाे खबरदारी गर्नपनि उपाध्यक्ष रावलले आग्रह गरिन् ।

यस्तै,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले सम्पूर्ण नागरिकले स्थानीय सरकारका कामप्रति निगरानी राख्नुपर्ने बताए । तातोपानी-६ का वडाअध्यक्ष विशाल खड्काले स्थानीय सरकार र नागरिकबीच समन्वयात्मक सम्बन्ध हुनुपर्नेमा जाेड दिएका थिए ।


तातोपानी गाउँपालिका लिताकाेट,जुम्लाकाे आर्थिक सहयोग र तातोपानी मल्टिमिडिया प्रा.लि.जुम्लाकाे सहजीकरणमा ताताेपानीका सम्पूर्ण वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भइरहेकाे छ ।