पातारासीमा तीन युवाको सक्रियतामा बढिखोली सडक खण्ड मर्मत सम्भार

जुम्ला : जिल्लाकाे पातारासी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बढिखोली सडक खण्डमा स्थानीय युवाले मर्मत गरेका छन् । जुम्ला सदरमुकाम खलंगा, जुम्ला विमानस्थल हुँदै पातारासी जाेड्ने सडक तीन युवाहरूकाे सक्रियतामा सडक खण्ड मर्मत सम्भार गरिएकाे हाे ।

पातारासी गाउँपालिका पुग्ने बढिखोली खडक खण्डमा बर्खाको बाढीले विगार्नुका साथै खाल्डाखुल्डी भएर सवारी साधन आवतजावतमा असहज भएको थियो ।

स्थानीय युवा प्रदीप बिष्ट, पृथ्वी बुढा र अर्जुन महताराले डोजर प्रयोग गरेर सडक मर्मत गरेका हुन् ।

स्थानीय अर्जुन महताराका अनुसार ल्होर्पगाउँ जाने पुलदेखि उर्थुचौतारा दोफाड्नासम्म साढे तीन किलोमिटर सडक डोजर प्रयोग गरेर खाल्डखुल्डी पुरेका छौँ ।

उनले भने,`करिव एक लाख ८० हजार रुपैयाँ बराबरको सडक मर्मत गरिएको छ । सवारी साधन आवतजावतमा सहजता होस भन्ने उद्देश्यले सडक मर्मत गरिएको हो ।´