जुम्ला : चन्दननाथ नगरपालिकाले लिएकाे नगर प्रहरीकाे लिखित परिक्षाकाे नतिजा प्रकाशित गरेकाे छ । नगर प्रहरी भर्नाकाे गत वर्षकाे चैत २९ गते लिइएकाे लिखित परिक्षाकाे नतिजा प्रकाशित भएकाे हाे ।
नगरपालिकाले लिएकाे लिखित परिक्षामा कुल ४० जना सहभागी भएका थिए । ती मध्ये लिखित परिक्षामा २२ जना उतिर्ण भएका छन् ।
नगरपालिकाले खुल्ला तर्फ ८ जना,३ जना महिला र १/१ दलित र जनजाति गरि कुल १३ जना नगर प्रहरी जवान माग गरेकाे छ ।
खुल्लातर्फ आवश्यक ८ जना मध्ये २८ जना लिखित परिक्षामा सहभागी भएकाेमा ११ जना लिखित परिक्षामा उतिर्ण भएका छन् । महिलातर्फ आवश्यक ३ जनामध्ये ७ जना लिखित परिक्षामा सहभागी भएकाेमा ५ जना उतिर्ण भएकाे नगरपालिकाले जनाएकाे छ।
दलिततर्फ माग संख्या १ जना रहेकाे छ । लिखित परिक्षामा सहभागी ४ जनाकाे नाम निस्किएको छ । भने जनजातितर्फ १ जना लिखित परिक्षामा सहभागी थिए ।
प्रकाशित नतिजामा नगर प्रहरी सहायक निरीक्षक पदमा खुल्लातर्फ जंगबहादुर बुढा र जनजातितर्फ राम बहादुर गुरूङ छनाैट भइसकेका छन् ।
अब लिखित परिक्षामा नाम निस्केका उम्मेदवारहरूकाे स्वास्थ्य परिक्षण हुनेछ भने माैखिक परिक्षा हुनेछ । अब छिट्टै नगर प्रहरी भर्ना गरिने नगर प्रमुख राजुसिंह कठायतले बताए ।
जुम्ला दर्पण । ३१ बैशाख २०८१, सोमबार ०८:२८