जुम्ला जिल्लाको सदरमुकाम रहेको खलंगामा सबभन्दा पहिले प्राचिनकालमा भारतबाट आएको चन्दननाथ बाबा सहित दुईजना ब्रम्हाचारीहरुले वस्ती बसाई कृषि र शिक्षाको प्रचार प्रसार गरेका थिए भन्ने लोकोक्ति रहेको पाइन्छ ।

उत्तर र पूर्वबाट दुईवटा नागरुपी जुम्लाहा डाँडाहरु तिला र जवा दुई जुम्लाहा नदीको संगम भएकोले यस जिल्लाको नाम जुम्ला रहन गएको किम्वदन्ती छ । यातायात, संचार र आधुनिकिकरणको दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलो हिमाली चुचुराहरु, तालहरु र मनमोहक अनगिन्ती प्राकृतिक नदिहरुले सिंगारिएको जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिको धनी जिल्ला मान्न सकिन्छ । यस जिल्लाको पूर्वमा डोल्पा, पश्चिम कालिकोट, उत्तर मुगु र दक्षिण जाजरकोटसंग सीमाना जोडिएको छ ।

मालाभीड गाउँ
जुम्ला सदरमुकाम खलंगा
जुम्ला सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला सदरमुकामस्थित सिंगाचौरमा रहेको डुडुल चैत्य

कामकाजी महिला

चन्दननाथ नगरपालिकास्थित श्रीढुस्का गाउँ

तस्विर सौजन्य : पत्रकार विशाल सुनार÷दैलेख

जुम्ला दर्पण । १४ श्रावण २०७९, शनिबार २०:५९