परिपक्क नहुँदै जुम्लाको स्याउ टिप्न सुरु, सरोकारवाला बेखबर (फोटोफिचर )

दर्पण संवाददाता,जुम्ला : जुम्लामा स्याउ पाँक्ने समय भदौ महिना हो । भदौको पहिलो र दोस्रोमा स्याउ टिप्ने उत्तम समय मानिन्छ ।

तर जुम्लाको स्याउ नपाक्दै बाहिरी बजारमा पुगिसकेको छ ।जुम्लाका आठ वटै पालिकामा स्याउ उत्पादन हुन्छ ।

तर जुम्लाको तिला गाउँपालिकामा उत्पादित स्याउ किसानले टिप्न सुरु गरेका छन् । स्याउ परिपक्क नहुदैँ हरियो रङको स्याउ संकलन गरिन थालिएको हो ।

उक्त स्याउ किसानले बाहिरी जिल्लामा ल्याउन सुरु गरिसकेका छन् । तर यसमा सरोकारवाला निकायको भने ध्यान जान सकेको छैन ।


तस्विर : सौजन्य कालीबहादुर परियार