पाँच बुँदे घोषणपत्र जारी गर्दै सकियाे कर्णाली जलवायु परिवर्तन सम्मेलन

मुगु :शनिबारदेखि मुगुको रारा तालको किनारमा बन तथा बाताबरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था साथसाथैले सैयुक्त रुपमा आयोजना गरेको ‘कोप–२९’ को पूर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका बारेमा दुई दिने कार्यशाला पाँचबुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

संघिय वन तथा वातबरण मन्त्रालय र साथसाथै फाउण्डेसनले आयोजना गरेको कोप—२९ को पुर्व तयारी र जलबायु परिवर्तनले कर्णालीमा पारेको अवसर र असर बारे भएको सम्मेलनमा संघिय वन तथा वातवरण मन्त्री ऐन बहादुर शाहीको उपस्थितीमा प्रदेश तथा स्थानिय प्रतिनिधी संघ संस्थाका प्रतिनिधीसहित बिज्ञहरुको छलफलले ५ बुँदे घोषणपत्र जारी गरिएको हो ।

आईतबार जारी गरिएको ५ बुँदे घोषणपत्रमा जलबायु परिवर्तनका कारण समग्र नेपाल उच्च जोखिममा भएको र कर्णाली प्रदेशमा जा्खिमता साथै यस क्षेत्रको जलबायु परिवर्तनसंग जुध्ने क्षमता अत्यन्त्य कम रहेको बिषयमा सम्मेलनमा बिशेष छलफल तथा अन्तरकृया गरियो,स्थानिय, प्रादेशिक र संघिय सरकारले कार्यान्वयन गर्ने नियमित विकास निमार्णका कार्यक्रमहरु जलबायु परिर्वतन सम्बन्धि जोखिम ब्यवस्थापन र जलबायु मैत्री क्रियाकलापहरु कार्यान्वयन गर्न बिशेष प्राथमिकता साथ उठान गर्दै, जलबायु परिर्वनका कारण महिला,बालबालिका,युवा सिमान्तकृत समुदाय लगाएतमा परेको प्रभाव,जोखिमता र जलबायु न्याय सम्बन्धी बिषयलाई अन्तराष्ट्रिय स्तरमा बिशेष प्रथामिकता साथ उठान गरिने उक्त घोषणपत्रमा उल्लेख गरिएको छ ।

घोषणपत्रमा नेपालमा जलबायु परिर्वतनले पारेको प्रभाव संग जुध्न साथै जलबायु मैत्री बिकासका अबसर प्राप्त गर्न अनतराष्ट्रिय समुदायको सहकार्यलाई बिशेष जोड दिईने छ ।

जलबायु परिर्वतनले स्थानीय जनजीबीकामा पारेको असर र प्राकृतिक विपदको बैत्रानिक लेखाजोखा गर्दै जोखि ब्यवस्थापन र असर कम गर्दै राष्ट्रिय, प्रदेश र स्थानिय तहको क्षमता अभिबृद्धि गर्दै आसन्न कोप—२९ मा नेपालमा जलबायु परिर्वनले पारेका असर र प्राप्त हुन सक्ने अवसरहरु, साथै जलबायु मैत्री कार्यक्रमहरु कार्यान्यन गर्न जलबायु बित्तको आबश्यकताका बारे बिशेष पहल गरिने ५ बुधे घोषण पत्रमा जारी गरिएको छ ।

सो कार्यक्रममा बोल्दै बन तथा बाताबरण मन्त्री शाहीले नेपालले केही गल्ती नै नगरी अन्याय भोग्नु परेकोले क्षेती पूर्तीको लागि सरकारले अन्तरष्टिय फोरममा आवाज उठाउने बताउनु भएको छ ।
उहाँले संयुक्त राष्टसंघिय जलवायु संम्मेलनमा जलवायु कोषको रकम क्षतिपूर्ती स्वरुप पाउनको लागि आवश्यक गृहकार्य भई रहेको जानकारी दिए ।

मन्त्री शाहीले यस अघिको बजेटमा जलवायु न्यायका लागि काम गर्ने बजेट न्यून रहेकोले आगामी बजेटमा सरकारले ध्यान पुराउने दृढता राख्नुभयो । जलवायु परिवर्तनका असरले कर्णालीका जनतालाई परेको असर सहित कर्णालीको अवाजलाई यसपटक कोप २९ मा पुराउने बताउनु भयो ।

कार्यक्रम आयोजक साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले राराको सुन्दरता, छाँयानाथ हिमाल लगायतको हिमालको आकषण जलवायु परिवर्तनको कारणले घट्र्द गएको प्रति चिन्ता व्यक्त गरे ।

‘हामी कर्णालीमा यहाँको जनजीवनान जलवायु परिवर्तनले पारेको असर बुझुुन र कर्णालीका आवाज .िवश्वमाझ पुराउन आएका हौ कार्कीले भन्नुभयो ।

रारामा भएको जलवायु सम्मेलनमा पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेल, जलवायु विज्ञ डा मञ्जित ढकाल मन्त्रलालयकाृ सलहकार डा माधव कार्की, मन्त्रालयका उपसचिव दिपा वली, एनटीएनसीका सदस्य सचिव नरेश सुवदी, नेपालपर्यटनबोडका निर्देशक श्रद्धा श्रेष्ठ, योनिक अल्पसंख्यक अभियन्ता भुमिका श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, हेलम्बु गाउपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पा, खुम्बु पासाङ्ग गाउपालिका उपप्रमुख टासी लामाले विभिन्न प्रस्तुती राख्नु भएको थियो ।सो अवसरमा स्थानीय तथा जलवायु परिवर्तनको असर भोगेका विभिन्न पालिकाका जनप्रतिनिधि, संरक्षण विदसंग प्यानल छलफल गरिएको थियो ,।