जुम्ला : जुम्लाकाे सिंजा गाउँपालिका–२ ले दुई सय १० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ।
वडा भित्रका ज्येष्ठ नागरिक,सहिद परियार, जनयुद्धका घाइते र अपांगता भएका व्यत्तिहरुलाई न्यानो कपडा कम्बल वितरण गरेको वडाध्यक्ष तीर्थ वडले बताए ।
वडाभित्र रहेका ७० वर्षका ज्येष्ठ नागरिक, सहिद परिवार र अपांगता भएकालाई कम्बल वितरण गरिएको छ। वडाध्यक्ष वडले भने, `वडाको ३ लाख बजेट बाट ज्येष्ठ नागरिक, अपंगता र सहिद परिवार घाइते सम्मान कार्यक्रमबाट यहाँका जेष्ठ नागरिक लगायतलाई न्यानो कपडा र कम्बल वितरण गरिएको हाे ।´
न्यानो कपडा पाउँदा यहाँका ज्येष्ठ खुसी भएका छन् । ७० वर्षीय मनप्रसाद शर्माले भने ,` चिसो बढेकाे याममा वडा कार्यालयले सम्मान स्वरुप कम्बल वितरण गरेको छ । यसले जाडो छेक्न सघाउँछ।´
हामीजस्ता बुढापाकालाई यहाँ भेला गरेर सम्मान गर्नु नै ठूलो ठानेकाे ज्येष्ठ नागरिक शर्माको भनाइ छ। वडा कार्यालयले हरेक वर्ष ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप न्यानो कङ वितरण गर्दै आइरहेको वडाध्यक्ष वडले जानकारी दिए ।
जाडोबाट पनि बच्न सजिलो होस् भनि कम्बल वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
डिल्ली कामी । ११ मंसिर २०८१, मंगलवार ०८:१७