जुम्ला : जुम्लाको हिमा गाउँपालिका-५ स्थित कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन भएको एकदिने निःशुल्क अपाङ्गता सम्बन्धि जाँच स्वास्थ्य शिविरबाट तीन सय ६ जनाले सेवा लिएका छन् ।
हिमा गाउँपालिकाको सहकार्य र आई.एन.एफ. नेपाल अन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाकाे आयाेजनामा मंगलबार भएको निःशुल्क स्वास्थ शिविरमा तीन सय बढीले सेवा लिएका हुन् ।
उक्त अवसरमा कानकाे सुनाइ सम्बन्धी समस्य भएका,अपांगता कार्डकाे लागि डाक्टरद्वारा सिफारिस, आँखा कान घाटी र हाडजोर्नी सम्बन्धि सेवा प्रदान गरिएकाे हाे ।
शिविरकाे क्रममा जम्मा बिरामी ३०६ जना मध्ये पुरुष १३८ र महिला १६८ जनाले साे स्वास्थ्य शिविरबाट सेवा लिएको हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर रावतले जानकारी दिए ।
कान,नाक घाटी र आँखाका १२७ जना बिरामीले सेवा लिएका छन् । त्यस्तै हाडजोर्नी सम्बन्धि समस्या भएका बिरामी ७९ जना, जनरल फिजिसियन सेवा १०० जना, अपांगता सिफारिस १० जना र कर्णाली स्वास्थ्य विज्ञापनमा ७ जना बिरामीलाई रिफर गरिएको स्वास्थ्य शाखाका प्रमुख रावतले जानकारी दिए ।
साे शिविरमा ५ जना बिरामीलाई सहायता सामाग्री प्रदान गरिएको छ। विशेषगरी अपांगता सम्बन्धि दुई दिन स्वास्थ्य जांच शिविर संचालन गरिएको हाे।
साेमबार तिला गाउँपालिकाकाे रारालिही स्वास्थ्य चाैकीमा भएको स्वास्थ शिविरबाट ३१० जना बिरामी लाभान्वित भएका थिए। आज कालिकाखेतुमा भएको शिविरमा साे संख्याका बिरामीले सेवा लिएको आई.एन.एफ. नेपाल जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरकाे भनाइ छ।
कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ चिकित्सक तुफानसिंह कठायतकाे टिमले बिरामीको स्वास्थ्य चेकजाँच गरिएको छ। विशेषगरी अपांगता भएका व्यत्तिहरुका लागि नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदानदेखि अपांगता कार्डकाे लागि डाक्टरद्वारा सिफारिस सेवा समेत स्वास्थ शिविर बाट दिएको आई.एन.एफ. जुम्ला शाखाका परियोजना अधिकृत बुढामगरले बताए ।
गाउँ घरमै दक्ष चिकित्सकबाट विभिन्न राेगकाे उपचार पाउँदा हिमाका स्थानीयवासिलाई निकै राहत पुगेको हिमा गाउँपालिका–५ का स्थानीयवासि रतन राेकायाले बताए । गाउँ बस्तीमै पुगेर आई.एन.एफ. नेपालले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेपछि यहाँका स्थानीयवासिलाई केही राहत मिलेको हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले जानकारी दिए ।
डिल्ली कामी । ११ मंसिर २०८१, मंगलवार १८:२८