तिला-२ मा स्वास्थ्य शिविर : ३१० जनाले लिए नि:शुल्क सेवा

जुम्ला :  जुम्लाको तिला गाउँपालिका-२ मा स्थित रारालिही  स्वास्थ्य चौकीमा  सञ्चालन भएको एकदिने  निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय १० जना लाभान्वित भएका छन् ।

गाउँपालिकाको सहकार्य र आई.एन.एफ. नेपाल अन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाकाे आयाेजनामा साेमबार भएको निःशुल्क स्वास्थ शिविर सम्पन्न  भएकाे हाे ।

उक्त शिविरमा कानकाे सुनाइ  सम्बन्धी समस्या भएका, आँखा कान, घाँटी र हाडजोर्नी सम्बन्धि समस्या भएका जम्मा बिरामी ३१० जनाले सेवा लिए   तीमध्ये पुरुष १३२ र महिला १७८ जनाले साे स्वास्थ्य शिविरबाट सेवा लिएको रारालिही  स्वास्थ्य चाैकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए ।

कान,नाक घाँटी सम्बन्धि बिरामी ४६ जना, आँखा १०५ ,हाडजोर्नी सम्बन्धि समस्या भएका बिरामी ६४  र चिकित्सक परामर्श ९५ जनाले उक्त स्वास्थ्य शिविरबाट सेवा लिएको स्वास्थ्य चाैकीका जनस्वास्थ्य निरीक्षक रावतकाे भनाइ छ ।

गाउँमै दक्ष चिकित्सकबाट हाडजोर्नीकाे उपचार पाउँदा यहाँका स्थानीयवासिलाई निकै राहत पुगेको तिला गाउँपालिका– १ का स्थानीयवासि काली रावतले बताए । कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका  हाडजोर्नी विशेषज्ञ चिकित्सक तुफानसिंह कठायतकाे टिमले स्वास्थ शिविरमा आएका बिरामीको स्वास्थ्य  चेकजाँच गरेको आई.एन.एफ. नेपाल जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरले बताए ।

अपांगता भएका व्यत्तिहरुका लागि नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदानदेखि अपांगता कार्डकाे लागि डाक्टरद्वारा सिफारिस सेवा समेत स्वास्थ शिविर बाट दिएको  आई.एन.एफ. जुम्ला शाखाका परियोजना अधिकृत बुढामगरकाे भनाइ छ।

गाउँ बस्तीमै पुगेर आई.एन.एफ. नेपालले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेपछि तिलाका स्थानीयवासिलाई केही राहत मिलेको  तिलाका स्थानीयबासी बताउँछन् ।