प्रतिष्ठानका उपकुलपति रावलले`व्यक्तिगत स्वार्थ´का कारण बढुवा राेकेकाे आराेप

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका आन्दोलनरत शिक्षक कर्मचारीले उपकुलपति डा.मंगल रावलले व्यक्तिगत स्वाथर्थका कारण शिक्षक कर्मचारीहरूकाे बढुवा प्रक्रिया राेकेकाे आराेप लगाएका छन् ।

५८ जना शिक्षक तथा कर्मचारीहरुकाे बढुवा प्रक्रिया पुरा हुँदासमेत उपकुलपति रावलले शिक्षक तथा कर्मचारीहरुलाई बढुवा गर्न आलटाल गरेकाे आराेप लगाएका हुन् ।

विगत पाँचदिनदेखि आन्दोलनरत उनीहरूले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपकुलपतिकाे गैरजिम्मेवार रवैयाप्रति खेद प्रकट गर्दै समयमै हाम्रा माग सम्बोधन नभएको खण्डमा अगामी दिनमा आन्दोनलाई थप शसक्त र कडा गर्न समेत बाध्य हुने आन्दोलनरत पक्षका ईन्द्रबहादुर डाँगीले बताए ।

उनका अनुसार २०८१ कार्तिक २७ गते कार्यकारी परिषदबाट ५८ जना शिक्षक तथा कर्मचारीहरुलाई कार्यकारी परिषदले बढुवा गर्ने निर्णय गरी सकेकाे छ ।

कार्तिक २८ गतेको सभाको बैठकले समेतले सो निर्णय अनुमोदन गरी सक्दापनि उपकुलपति रावलले अटेरी गरिरहेकाेे विज्ञप्तिमा उल्लेख छ ।

शिक्षक तथा कर्मचारीहरूले उपकुलपति रावलले प्रतिष्ठानको कुनै पनि नियममा नभएको थप जिम्मेवारी बहन गरिरहेकाे दाबी गरेका छन् । डाक्टर रावलले मिति २०७४ चैत्र ९ गते कार्यकारी परिषदको निर्णयबाट बढुवा भएका थिए ।

मिति २०७७ पुष २० गते सोही कार्यकारी परिषद्बाट लिई उपकुलपति पदमा नियुक्त भएका थिए । हालसम्म सोही उपकुलपतिको कुर्सीमा छन् ।
पदाधिकारी र आन्दोलनरत पक्षले आन्तरिक रुपमा छलफल गरी निकासमा पुग्नु पर्ने भनिएता पनि उपकूलपति स्वयम समस्य समाधान गर्न उदासिन रहेको उनीहरूकाे भनाइ छ ।

पटकपटक आन्दोलन हुँदासमेत आन्दोलनरत पक्षसँग कुनै छलफलमा नजुटेकाले उपकूलपति प्रतिष्ठानको बन्द कोठामा बसी रहेको अवस्थामा आन्दोलन प्रति संवेदनशील नदेखिएको भन्दै शिक्षक तथा कर्मचारीहरु घोर भर्त्सना गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखि स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको सम्वन्धमा प्रतिष्ठानमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारी सम्मानित उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट मिति २०८१ भाद्र २६ गते कर्मचारीहरुको पक्षमा भएको फैसला भएकाे थियाे ।

उक्त फैसला कार्यान्वयन नभएपछि २०८१ कार्तिक २६ गते देखि निर्धारण गरिएका दवाव मूलक कार्यक्रम मिति २०८१ कार्तिक २७ गते दिउँसो ३ बजे पदाधिकारी र कर्मचारीहरुबीच भएको दुई पक्षी वार्तावाट ५८ जना शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदले स्तरवृद्धि गर्ने निर्णय गरि अनुमोदनका लागि सभामा पेश गर्ने निर्णय भएकाे थियाे ।

साेही बमोजिम मिति २०८१ कार्तिक २८ गते प्रतिष्ठानका कूलपति तथा प्रधानमन्त्री केपी शर्मा ओेलीकाे अध्यक्षतामा सम्पन्न भएको सभा वैठकबाट सो निर्णय अनुमोदन भई ५८ जना शिक्षक तथा कर्मचारीहरुलाई बढुवा र नियमानुसार तलव र भत्ता उपलब्ध गराउने निर्णय भईसकेकाे छ ।

उक्त निर्णय कार्यान्वयनमा प्रतिष्ठानका उपकलपति रावल गम्भीर नभई नियतवस सभाबाट अनुमोदन भईसकेको निर्णय कार्यान्वयन गर्न आलटाल गरेकाे भन्दै २०८१ मंसिर ३ गतेबाट प्रतिष्ठानको शैक्षिक भवन, पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गरी आन्दोलनका कार्यक्रमहरु शुरु गरेका थिए ।

आन्दोलनका कार्यक्रमहरु अन्तर्गत आवश्यक छलफल तथा सहजिकरणका लागि मिति २०८१ मंसिर ४ गते जिल्ला समन्वय समितिको सभाहल र २०८१ मंसिर ५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत प्रतिष्ठानका पदाधिकारीहरु सो विषय प्रति संवेदनशिल नभएकाले कुनै पनि निर्णय हुन नसकेकाे विज्ञप्तिमा उल्लेख छ ।