मेरो नाम बलिबहादुर बुढा हो । बलिराज बुढापनि हो, मेरो नाम । मलाई सानो हुँदादेखि स्कुले उमेरसम्म पनि यहीँ नामले बोलाइन्थ्यो । सरकारी र कागजी नाम चाँही बलिबहादुर बुढा हो ।
मेरो जन्म साविक कर्णाली अञ्चल अन्तर्गत मुगु जिल्लाको साविक माग्री गाविस वडा नम्बर १ चिमाथ गाउँमा भएको थियो ।
मेरो बुवाको नाम गोरे बुढा हो । हजारी बुढा आमाको नाम हो । मेरो जन्म वि.स.२०३९ साल असोज १४ गते भएको हो । विद्यालय भर्ना हुँदा शिक्षकले पहिचान गरिदिनु भएको हो । हालसम्म यहीँ जन्ममिति कायम छ । म जन्मिएको शनिबारको दिन हो । म जन्मिएकाे ६ महिना पछि मेरो बुवाको मृत्यु भएको हो रे ।
बुवाको मृत्युपछि आमाले विविध कारणले अर्को विवाह गर्नु भएछ । दुईवटा दाजु साथमा लिएर अर्को बुवासँग लगनगाठो कस्नु भएको हो रे मेरो आमाले ।
हाल हामी दाजुभाईसँगै छौँ । मेरो आफ्नो परिवारमा भने पाँच जना छौँ । म,श्रीमती, दुई छोरी र छोरा । अनि बुवाआमा गुमाएका जेठा दाजुका ३ छोराहरु र माईला दाजुको छ जना परिवार छन् ।
मलाई ५ वर्षको उमेरदेखि फुपू र फुपाजुले हुर्काउनु भएको हो । फुपू कालीकला रोकाया र फुवाजु गोरबहादुर रोकाया मेरा दोस्रो अभिभावक हुुनुहुन्छ । मेरो बाल्यकाल छाइला गाउँमा बित्यो । म ८–१० हुँदा थाहा पाएको हुँ, मलाई फुपू र फुपाजुले हुर्काउनु भएको छ भनेर ।
फुपूको घरमा प्युठान जिल्लाका मानबहादुर रोकाया नाम गरेका शिक्षक बस्नुहुन्थ्यो । उहाँले नै हो मलाई कखरा सिकाउनु भएको ।
यसरी दा वित्दै जादा फुपुको घरमा प्युठान जिल्लाको मान बहादुर थापा नामको शिक्षक बस्नुहुन्थ्यो । मलाई कहिलेकाँही लाग्थ्यो, धेरै टाढाको मान्छे यहाँसम्म कसरी पुग्नुभयो होला ? बिस्तारै बुझ्दै गइयो, उहाँ सरकारी शिक्षक । सरकारले खटाएको ठाउँमा ड्युटी गर्न आउनु भएको हो ।
उहाँले स्कूलमा विद्यार्थीलाई पढाउनुभयो । अनि त्यस समुदायको सेवा गर्नुभयो । एक कर्तव्यनिष्ठ शिक्षक हुनुुहुन्थ्यो उहाँ ।
गाउँ नजिकै उप–स्वास्थ्य चौकी थियो । त्यतिबेला खोप लगाउन ग्रास्वाकामासिका परिचालन गरिन्थ्यो । मलाई मनमनै लाग्थ्यो, म पनि पढेभने यसरी नै सेवा गर्न पाउँछु होला । त्यतिबेला नै स्वास्थ्य सेवाप्रति मोह थियो ।
मलाई उहाँ प्युठानका सरले नै सात वर्षको उमेरमा श्री नेरा प्रावि छाइलामा भर्ना गरिदिनु भएको हो । फुपू फुपाजुले गाउँगाउँबाट अन्न सापटी गरेर मलाई पढाउनुभयो ।
छाइलाबाट पास भई माध्यामिक तहको शिक्षा भने मैले बुद्ध मावि माग्री स्कुलबाट आर्जन गरे । मैले माध्यामिक तह वि।स।२०५६ सालमा पास गरे । पछि आफ्नो जन्मस्थान चिमाथ गाउँमै फर्किए ।
दाईहरुको सहयोगले मेरो माध्यामिक तहको पढाई पुरा भएको थियो । एसएलसी दिन जाँदा कान्छा बुवाले ज्याकेट दिनु भएको थियो । त्यतिबेला बुद्ध मावि माग्रीमै ६ महिनासम्म मासिक ३ हजारका दरले पढाउने अवसर पाइयो ।
दरबन्दीमा जागिर खान पावर नै लगाउनुपर्ने अवस्था थियो । जति प्रयास गरेपनि सम्भव भएन । वि.स.२०५८ सालमा कर्णाली प्राविधिक शिक्षालय जुम्लामा छात्रवृत्तिमा पढ्ने मौका मिल्यो ।
त्यहाँ मैले कक्षा प्रथम हुँदै पढाइ पूरा भएको थियो । छात्रवृत्तिमा नाम निस्किएपनि १८ महिना पढाई र अन्य खर्चले गर्दा ३६ हजार जति ऋण लाग्यो ।
पछि म दाईहरुले एकजना दाईको गाई गोठ बनाएर पैसा कमाएर ऋण तिरेको अहिलेपनि याद छ । मैले जागिर नखाँदासम्म दाईहरु,फुपू र फुपाजुहरुले नै मेरो सम्पूर्ण खर्च व्यहोर्नु हुन्थ्यो ।
मैले र दाईहरुले कहिल्यै आफूले किनेको लगाउने अवसर पाएनौ । सधै अरुले दिएको कपडामा गुजारा चलाउनु पर्ने अवस्था थियो । थुप्रै समस्या झेल्नु परेको छ,जीवनमा । सबै कुरा बयान गर्दा उपन्यास नै तयार हुन्छ होला ।
मैले सिएमए कोर्ष पढ्दै गर्दा फुपूको झाडापखलाका कारण ज्यान गयो । यो खबर मैले १८ दिनपछि चिठीमार्फत थाहा भएको थिए । गर्भे टुहुरो म दोस्रो पटक टुहुरो भए ।
निकै बिचलित भएको थिए,उक्त अशुभ खबर पाउँदा । आफूलाई धेरै समयसम्म सम्हाल्नै गाह्रो भयो । त्यहीँ बेलादेखिको छाप मेरो मनमा अझै छ ।
त्यसैले म त्यस्ता जोखिम युक्त अवस्थामा रहेका बिरामीको उपचार गर्न पाउँदा निकै आनन्दित हुन्छु । लाग्छ,फुपु जिउँदो हुनु भएको भएपनि उपचार गर्थे । सेवा गर्थे ।
यसरी विभिन्न आरोहअवरोह पार गर्दै सिएमए पास गरे । वि।स।२)६२ असार १२ मा लोक सेवा आयोग जुम्लाबाट पहिलो ब्याचमै अहेव पदमा सरकारी जागिर प्रवेश गरेँ ।
हालसम्म यहीँ पेसामा छु । सरकारी जागिरको सुरुतिर कालिकोट जिल्लाक बिकट खिन गाविसमा सेवा गरे । पछि मुगु जिल्लाका विभिन्न स्वास्थ्य संस्था हँुदै स्वास्थ्य कार्यालय मुगु लगायत स्वास्थ्य सस्था तथा समुदायमा काम गर्ने अवसर मिलेको छ ।
सरकारी स्वास्थ्य सेवाको अवधिमा रहदा हालसम्म धैरै काममा खटिने अवसर प्राप्त भयो । चाहे त्यो ड्युउटीमा रहदा होस् या अन्य बेला होस् । केही कुराहरूले मलाई गौरंव लाग्छ ।
वि.स.२०६२ सालदेखि कालिकोट जिल्लाको खिन उप–स्वास्थ्य चौकी खिनमा काम गरियो । त्यतिवेलाको जनयुद्धको समय थियो । कुनैपनि कर्मचारी स्वास्थ्य संस्थामा र समुदायमा बस्न डराउने जोखिम परिस्थिति थियो । तर,मैले सधै जनताको सेवा गरिरहे ।
वि.स.२०६४ सालबाट भने मेरो सरुवा गृह जिल्ला मुगुमा भयो । मुगु स्वास्थ्य चौकीमा २ वर्ष सेवा गरेँ । हालसम्म करीव ३५सयदेखि ५ हजार मिटर उचाईमा हिमालमा यार्सा टिप्न जाने महिला तथा बालबालिकाहरूका लागि स्वास्थ्य सेवा प्रदान र औषधि वितरण गर्न जाँदा जुम्ला र जाजरकोटका यार्सा टिप्दा लडेर घाइते भएका र लेख लागेका व्यक्तिको उपचारसमेत गरिएको छ ।
मुगु स्वास्थ्य चौकीमै रहदा स्वयं आफै बिरामी पर्दा भएको जागिरको सबै ऋण् लगायर २०६५ देखि २०६७ सम्म थुप्रै अस्पताल उपचारपछि सन्चो भएको हो । पेटको आन्द्रामा भएको समस्याले केही वर्ष दुःख व्यहोरियो ।
वि.स.२०६७ सालबाट माग्री स्वास्थ्य चौकीमा ६ बर्ष काम गरे । त्यहाँ शुन्य संस्थागत सुत्केरी र गर्भवती जाँचलाई वृद्धि गरियो । संस्थागत सुत्केरी गरी प्रत्येक वर्ष २० देखि २५ संस्थागत सुत्केरी गराएर मातृ तथा बाल मृत्यु र जटिलतामा न्युनीकरण गर्न सडक नाटक अभियान र विभिन्न महत्वपूर्ण कार्य गरिएको थियो ।
स्वास्थ्य समस्याका आधारमा प्राथिकता र सच्चा निष्ठा र स्वच्छ मनले सेवा प्रदान गर्दा सबैको हौसला प्राप्त भएको थियो । त्यहाँका बृद्ध,महिला,बालबालिकाले हाल म्म स्वास्थ्य सेवाका लागि मलाई स्मरण गरिरहनु भएको छ । मैलेपनि उत्तिकै सेवा प्रदान गर्ने अपेक्षा राखेको छु ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुमा वि.स.२०७३/०७४ देखि २०७६ सालसम्म सेवा गरियो । उक्त समयमा काम गर्दा हाम्रो टिमको मिहेनेतले नेपालभरी मुगु जिल्ला अस्पताल २५औँ स्थानमा पर्न सफल भएको थियो ।
उक्त समयमा कार्यलय प्रमुख डाक्टर जितेन्द्र कँडेल र जनस्वास्थ्य अधिकृत सुरज गुरौले निकै सहयोग गर्नुभयो । हाल भने विगत पाँच वर्षदेखि मुगुमकार्मारोङ गाउँपालिकामा कार्यरत छु ।
जुम्ला दर्पण । ८ मंसिर २०८१, शनिबार ०८:०८