जुम्ला : दशौँ उद्योग दिवसको अवसरमा जुम्लाका १६ उद्यमीलाई सम्मान गरिएकाे छ । उद्योग ग उपभोक्ता हित संरक्षण तथा कार्यालय जुम्लाले दशौँ उद्योग दिवसरका अवसरमा जिल्लाका १६ उद्योगीहरुलाई सम्मान गरेको हाे ।
कार्यालय प्रमुख मन्दिरनाथ याेगीका अनुसार दिवसकाे अवसर पारेर उनीहरूलाई प्राेत्साहन हाेस भन्ने उद्देश्यले सम्मान गरिएकाे हाे।
कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जिल्लाका उद्योगहरुलाई थप प्रोत्साहन गर्नका लागि उद्योगीहरुलाई सम्मान गरिएको याेगीले बताए ।
सम्मानित हुनेमा जिल्लाका कृषि तथा पशुपंक्षी फार्म, दुग्ध डेरी, आलु चिप्स उद्योग तेल प्रशाेधन उद्योग, व्यवसायी, खरायाे पालन उद्योग सञ्चालन गरेका उद्योगीहरु सम्मानित भएका हुन् ।
जिल्ला समन्वय समति जुम्लाका कार्यालय प्रमुख संगिता धितालले उद्योगीहरुलाई थप प्रोत्साहन गर्नका लागि तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिइन् ।
उद्योगीहरुको समस्या आफूले नजिकबाट नियालेको बताउँदै समस्याहरुलाई समाधान गर्नका लागि आफू सधैं साथमा रहेको उनले दाबी गरिन् । उद्योगी नारायणी चाैलागाईले विदेशमा गएर श्रम बेच्नुभन्दा स्वदेशको माटोमै उत्पादन गर्न सहज भएको र विदेशमा गएर पैसा कमाउन सहज नभएको बताइन् ।
उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द देवकोटाले इच्छाशक्ति भएमा यहाँको माटोमा पर्याप्त उत्पादन गर्न सकिने बताएका थिए । जुम्लामा ४ हजार ४ सय ३२ उद्योग छन् ।
जुम्ला दर्पण । ९ मंसिर २०८१, आईतवार १८:५९