तातोपानीका अभियान्ता बालबालिका लाई उद्घाघाेषण सीप तथा बाल पत्रकारिता तालिम-jumladarpan.com

जुम्ला -ताताेपानि गाउपालिकामा सेभ द चिल्ड्रेनकाे आर्थिक सहयाेग किर्डाक नेपालको सहकार्य र तातोपानी गाउँपालिकामा रहेको महिला,बालबालिका तथा ज्येष्ठ नारिक शाखाकाे आयाेजनामा ताताेपानी गाउँपालिका भित्रका बाल अभियान्ताहरु लाई तीन दिने उद्घाघाेषण सीप तथा बाल पत्रकारिता तालिम सञ्चालन गरि।

बालबालिकाको क्षमता अभिवृद्धि गरिएको छ । उक्त क्षमता अभिवृद्धि तालिमकाे सहजिकरण भने नेपाल पत्रकार महासंघ जुम्लाका पुर्व अध्यक्ष भिम बहादुर सार्की,नेपाल पत्रकार महासंघ जुम्ला स-सचिव सागर परियार ,र प्रेमराज सिम्मखाडाले सहजिकरण गरेका थिए ।

बाल अभियान्तालाई संचार उदघाेषण सीप बाल अधिकारकाे बिषय र बालबालिका हरुकाे बाल पत्रकारिता र सराेकारवाला निकाय संग बहस कसरी गर्ने भन्ने विषयमा व्यापक छलफल सहित कार्यक्रम सम्पन्न भएको किर्डाक नेपाल सहयात्रा तेस्रो परियोजनाका संयोजक प्रकाश बहादुर शाहीले जानकारी दिए ।

उनको अनुसार बाल क्लवकाे नेतृत्व व्वस्थापन कसरी गर्ने भनेर उक्त बिषयबस्तुकाे बारेमा सहभागी सम्पुर्ण बालबालिका जानकारि गरिएको बताए ।

तातोपानी गाउँपालिका भित्रका सहभागी १६ जना बालबालिका रहेका थिए । उक्त कार्यक्रमको विशेष गरि बालिका पत्रकार कसरी उत्पादन गर्न सकिन्छ भन्ने उदेश्य रहेकाे थियाे ।