प्रधानमन्त्री ओली नआउने भएपछि दीक्षान्त समारोह स्थगित

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आजका लागि तय गरेकाे दीक्षान्त समारोह, सभा तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ ।

प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शमर्मा ओेली नआउने भएपछि दीक्षान्त समारोह स्थगित भएकाे हाे । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै दीक्षान्त समारोह, सभा तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम विशेष प्राविधिक कारणवस स्थगित गरिएको जानकारी जनाएकाे छ ।

प्रतिष्ठानले विशेष कारणवस कार्यक्रम स्थगित गरिएकाे बताएपनि प्रमुख अथिति ओेली नआउने भएपछि कार्यक्रम स्थगित भएकाे प्रतिष्ठान स्राेतले बतायाे । यसबाट पर्न गएको असुविधा प्रति प्रतिष्ठानले क्षमा मागेकाे छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलका अनुसार पूर्व सूचना अनुरुपको आँखा उपचार केन्द्रको उद्घाटन तथा विश्व स्वास्थ्य संगठन (WHO) बाट प्राप्त EMR System हस्तान्तरण कार्यक्रम सञ्चालन हुनेछ । अब दीक्षान्त समाराेह २०८१ कात्तिक २८ गते बुधवारका दिन हुने उनले बताए ।