काभ्रे जिल्लाका विभिन्न स्थानमा डढेलो: नियन्त्रण गर्न सुरक्षाकर्मीसहितको प्राविधिक टोली-jumladarpan.com

काभ्रे जिल्ला-खानीखोला र बेथानचोक गाउँपालिकाको सिमाना थामको लेक क्षेत्रमा लागेको डढेलो बढ्दै गएपछि मानवबस्ती जोगाउनको लागि नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरीसहितका सुरक्षाकर्मी र प्राविधिक जनशक्ति समेत परिचालन गरिएको हो ।

हिजेा बसेकेा जिल्ला वन सुरक्षा समितिको बैठकले जोखिममा रहने माववस्ती जोगाउन र जोखिम न्यूनिकरणको लागि लागि सुरक्षाकर्मी, वन कर्मचारी, वन समुह परिचालन गर्ने, विभिन्न वन क्षेत्रमा अग्नीरेखा (फायर लाइन) बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयेा ।बाईट

डिभिजन वन कार्यालय काभ्रेका सूचना अधिकारी सरिता लामाका अनुसार, वन डढेलो लगाउने व्यक्ति पहिचान गरी कानूनी कारवाही गर्ने, वन कार्यालयको संयोजकत्वमा सबै स्थानीय तह, सुरक्षा निकाय, वन उपभोक्ता महासंघ र सम्बन्धित सरोकारवालासंग वन डढेलो नियन्त्रण पुर्वतयारी बैठक गर्ने निर्णय बैठकले गरेको छ ।

जिल्लाको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमानामा पर्ने माहाभारत श्रृंखलाको थामलेक क्षेत्रमा रहेको सामुदायिक वनमा मंगलबारदेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । भीरालो संरचनामा लागेको डढेलो निभाउन परिचालन हुन समेत कठिन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।

बेथानचोक गाउँपालिकाले एक सूचना जारी गरेर वडा नं ३ स्थित नारायणस्थान क्षेत्र आसपास डढेलो लागेकोले यात्रा नगर्न सचेत गराएको छ ।

यता, भूम्लु गाउँपालिका वडा नं ४ स्थित धारापानी सामुदायिक वन र वडा नं ६ स्थित चापानीगढी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आइसकेको सव डिभिजन वन कार्यालय चौवासले जनाएको छ ।