मनोनयनको एक घण्टा अघिसम्म ‘घण्टी चिन्ह’ मागिरहेका थिए ज्ञानेन्द्र शाहीले

यसपटक जुम्लाबाट फागुन २१ को चुनावमा हलो चुनाव चिन्ह लिएर उम्मेदवार बन्न चाहेकै थिएनन् । उनी राप्रपा परित्याग गरेर रास्वपामा जान चाहेपनि पार्टीले पत्याएन ।

जुम्ला : सत्य र तथ्यविना बेप्रवाह अभिव्यक्ति दिने व्यक्तिको पहिचान बनाएका राप्रपा जुम्लाका उम्मेद्वार ज्ञानेन्द्र शाहीलाई लिएर नयाँ खबर छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाकी प्रत्यक्षतर्फकी सांसद विनिता कठायतले शाहीको सफेद झुटबारे पर्दाफास गरेकी छन् । पत्रकार सम्मेलन आयोजना गर्दै उनले भनिन्,‘ ज्ञानेन्द्र शाहीले मनोनयनको एकघण्टा अघिसम्म घण्टी चुनाव चिन्ह मागिरहेका थिए । घण्टी चुनाव चिन्हमार्फत सुर्खेतमा चुनाव लड्ने तयारी थियो । रास्वपा नेतृत्वले अस्वीकार गरेपछि अहिले जुम्लाका जनतालाई झुट बोलेर भोट मागिरहेका छन् । ’ कठायतले राप्रपाका उम्मेदवार शाहीले हलो र घण्टी एउटै हो भनेर दुष्प्रचार गरेको उनको भनाइ छ ।


गाउँ गाउँमा गएर राप्रपाका शाही प्रत्यक्ष तर्फ हलोमा र समानुपातिक तर्फ घण्टीमा भनेर गलत प्रचार गरेको प्रति कठायतले आपत्ति जनाइन् ।  पत्रकार सम्मेलनमा उनले भनिन्,‘प्रत्यक्ष हलोमा र समानुपातिक तर्फ घण्टीमा भनेर गलत सूचना फैलाईएको छ । ज्ञानेन्द्र शाहीले झुटको सीमा नाघे । हामी काठमाण्डौबाट आएदेखि निरन्तर चुनावी मैैदानमा छौ । तर ज्ञानेन्द्र बालेनलाई जुम्ला आउनबाट आफुले रोकेको भनेर भनिएको छ । जुन कुरा शत प्रतिशत गलत छ । गाउँमा गएर हलो र घण्टी एउटै हौ भनेर गलत प्रचार हामी गम्भीर आपत्ति छ।’आफ्ना ठोस एजेन्डा नभएपछि जनतालाई भ्रममा पार्न घण्टी र हलो एउटै हो भनेर गलत प्रचार गर्ने  ? भन्दै उनले प्रश्नसमेत गरिन् ।

रास्वपाबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार खगेन्द्र सुनारले त भिडियो सामग्रीमार्फत शाहीको झुठो अभिव्यक्तिबारे जानकारी गराएका छन् । उनले भनेका छन्,‘ज्ञानेन्द्र शाही मेरा असल मित्र हुन् । उनका राम्रा काममा मेरो सधै समर्थन छ । तर अहिले खगेन्द्र सुनारलाई मैले पठाएको हुँ भन्दै जुम्लामा दलित समुदायलाई प्रभावित पार्न खोजिएको छ । जुन सरासर झुट हो ।’

बाध्यत्मक परिस्थितिमा मातृभूमि फर्किएका शाही
पहिलो कुरा,उनी यसपटक जुम्लाबाट फागुन २१ को चुनावमा हलो चुनाव चिन्ह लिएर उम्मेदवार बन्न चाहेकै थिएनन् । दोस्रो कुरा, उनी राप्रपा परित्याग गरेर रास्वपामा जान चाहेपनि पार्टीले पत्याएन । बालेन शाह रास्वपामा जानेभएपनि उनलाई भेटेर रास्वपामा आउने इच्छा जाहेर गरेका थिए । अब राप्रपामा भविष्य छैन भन्ने बुझेका शाहीको इच्छामा बालेन सकारात्मक देखिएपनि रास्वपा नेतृत्वले गम्भीरता लिएन ।


फागुन २१ को चुनावमा होमिदा उनका दुई वटा चाहना थिए,पहिलो जुम्लाबाट चुनावै नलड्ने । जुम्लाबाहेक जिल्लामा घण्टी चुनाव चिन्ह लिएर चुनावमा होमिने । सुर्खेत र कैलाली लगायतका जिल्लामध्ये कुनै एक जिल्लाबबाट चुनाव लड्ने गाईगुई हल्ला चलिरहेकै थियो । राप्रपा त्यागेर रास्वपामा जादैछन् भन्ने हल्ला पनि थियो । सुरूमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल निकट भएपनि पछिल्लो समय उनीसँग सम्बन्ध सुमधुर थिएन । जुम्ला नजाने मनस्थितिमै रहेका उनको पहिलो प्राथमिकता रास्वपा नै थियो । माघ ५ गतेसम्मपनि शाही कहाँबाट चुनाव लड्छन् एकीन हुन सकेको थिएन । एक्कासी सुर्खेत २ बाट सुचाव लड्ने समाचार बाहिरियो । राप्रपाको हलो नभई रास्वपाको घण्टी चुनाव चिन्ह लिएर जुम्लाबाट सुर्खेत झर्ने उनको योजना नै थियो । अन्तिम समयसम्म प्रयास गर्दासमेत रास्वपाले टिकट नदिएपछि बाध्य भएर जुम्ला गएका शाही फेरिपनि जुम्ला जनतालाई फेरि झुक्याउन सकिन्छकी भनेर झुटको खेती गरिरहेका छन् । मनोनयन दर्ता गर्ने दिनै ‘आफू जन्म्याको ठाउँको माया लाग्यो र आया’ भन्दै जुम्ला जनतासँग ‘इमोसनल ब्ल्याकमेलिङ ’सुरू गरिहाले ।
विवादित पृष्ठभूमि र चर्चामा आउन झुटको खेती
उनी आफूलाई भ्रष्टाचार विरोधी र अभियान्ता भन्दै व्यवस्था र नेतामाथि तथानाम गालीगलौज गर्दै राजावादी कित्तामा उभिदै पार्टी राजनीतिमा आएका थिए । चर्को स्वरमा बोल्ने कलाको फाइदा उठाएरै २०७९ सालको चुनावमा गठबन्धन दल (नेपाली काँग्रेस र तत्कालीन नेकपा माओवादी) र नेकपा एमाले जुम्लाभित्रको गुट र स्वार्थको फाइदा उठाउँदै सांसद पड्काउन सफल भए । चुनावका बेलामा उनले जुम्लाका मतदातालाई दिएका आस्वासन तीन वर्षे कार्यकालमा कति पूरा गरे घाम जस्तै छर्लङ छ । फेरि चुनावमा होमिदा अहिले जुम्लाको समृद्धिका लागि उनीसँग नीति,प्राथमिकता र एजेन्डा के छन् ? भन्दा केहीपनि छैनन् भन्ने कुरा बुधबारका दुई घटनाले पुष्टि हुन्छ ।


यसैपनि माघ ६ गते उम्मेदवारी दर्ता गर्न जुम्ला पुग्दा मेरो जन्मभूमिको माया लाग्यो भन्दै गोही आँसु चुहाएका शाही अहिले चुनावी प्रचारको क्रमको झुटको खेती गरिरहेका छन् । यसपटकको निर्वाचन प्रचारको सुरूमै ‘हलो जोत्ने हो । स्याउ फलाउने हो । मार्सी कलाउने हो । चोतो लगाउने हो । जस्ट चील हुने हो । अरू सबै विदेशमा काम गर्न जान्छन् । जुम्ली जस्ट चील घुम्ने जाने हो ?’भन्दै शाहीले आफ्नो अपरिपक्वता प्रस्तुत गरेका थिए ।

चुनावी अभियानमै रहेका शाहीले हिजो मात्रै जुम्ला जिल्लाको नामाकरणका सम्बन्धमा जुम्लाको ऐतिहासिकता,नामाकरण र इतिहासमाथि धावा बोलेका छन् । उनको अफिसियल फेसबुकमा अपलोड गरिएको भिडियोमा जुम्लाको तिला गाउँपालिकामा रहेको जुम्लाकोट गाउँकै नामबाट जुम्लाको नामाकरण हुन गएको दाबी गरेका छन् । उक्त झुठो दाबीले उनको अध्ययन र ज्ञानको तहलाई दर्साउँछ । अघिल्लोपटक जुम्लाको ढटेलो ब्राण्डिङ गर्ने हावादारी गफ दिएका उनले यसपटक चोतो लगाउने भन्दैछन् ।

आफ्नो व्यक्तिगत कारणले जुम्लाको स्याउले मूल्य पायो, किसानले करोडौ कमाए भन्नसमेत नहिचाउने उनी कहिले नाग्म गमगढी सडक खण्ड मैले बनाए भन्छन् । अघिल्लो आर्थिक वर्षको बजेटमा अर्थ मन्त्रालयमा जुम्लाका केही कर्मचारीको अग्रसरतामा जुम्लाको बजेट बढेको थियो । त्योसमेत आफ्नो कारण भयो भन्न भ्याए । उनले भन्न नभ्याएको केही छैन । संसदमा अर्को स्वरले बोल्ने, गाली गलौजको शैलीमा शीर्ष नेताहरूलाई गाली गर्नेबाहेक विकासका नाममा देखिनेगरी सिन्कोसमेत भाँचेनन् ।