राति ११ बजे ड्युटी सकियो। डेरामा गएर विश्राम गरिरहेको थिएँ। के गरौं, नगरौं भइरहेको थियो। ढिलो भएर होला खान मन लागेन। खाटमा पल्टिएँ । बत्ती बलिरहेकै थियो।
एक्कासी मेरा आँखा कोठाको भित्तामा टाँसिएको पत्रिकामा गए।
अछुत कोपिला
त्यसमा लेखिएको थियो ’जुम्लामा बालविवाह बढ्दै’ यस्तै अरू पनि। आँखा तानेर हेर्न मन लाग्यो हेरेँ। जुम्लाको २४ क्षेत्रमा बालविवाह बढ्दै गएको समाचार थियो। विवाहलाई धर्मसँग पनि जोडेर हेरिँदै आदि। मन छोयो दोहोर्याई तेहेर्याई पढेँ। समाजमा रहेको धार्मिक तथा अन्धविश्वासका कारण बालविवाह बढी हुने गरेको सार थियो समाचारमा।
त्यसपछि आफ्नो विगतलाई नियालेँ एकछिन।
बालापन सम्झिन मन लाग्यो। सोचें मैलै पनि उहिल्यै विवाह गरेको भएँ, उमेर नपुगी बाल विवाह गर्नेको सूचीमा परिसकेको हुन्थेँ।
सन्दर्भ २०६८ सालतिरको हो। जतिबेला म १५ वर्षको मात्र थिएँ। कक्षा ९ मा पढ्थेँ। एक दिन एक्कासी बुवाले भन्नुभयो छोरा बिहे गर। घरजम गर। अब भैगो त कति पढ्लास रु सबै घरबारे भैग्या। सायद त्यति बेला नै मैले मेरा बुवाको भनेको मानेको भए म पनि आज घरजम गरिसकेको हुँदो हुँ। मन –मनै हाँस्न मन लाग्छ कतै बच्चा बच्ची पो खेलाइरहेको पो हुन्थें कि१
त्यति बेला मेरो बाल हृदयले विवाह, माया–प्रेमको विषय अनुभव त के, थाहा पनि थिएन। स्कुलमा औधी मिल्ने एउटा साथी थियो अनुश, हामीबीचमा प्रायस् सबै कुराहरू हुन्थे। मैले उसलाई घरमा बुवाले भनेको कुरा भन्न खोजिरहेको थिएँ। सायद ऊ पनि केही भन्न चाहन्थ्यो। त्यसैले सबभन्दा पहिले एकान्त खोज्यौं। हामी विद्यालय पछाडिको पिपलको रुखको मुनि बस्यौं। एकान्त थियो ठाउँ।
विवाहको कुराले भारी बनाएको मेरो मनलाई हलुंगो बनाएँ। अनुश आफ्ना कुरा खोल्दै थियो। ठीक त्यही बेला सामाजिक विषयको चौथो घण्टी बज्यो। हामी कक्षा कोठामा पुग्यौं। हामी अलि ढिलो भएकोले होला सरले पढाउन सुरू गरिसक्नु भएको थियो। सरले बाल विवाहबारे पढाइरहनुभएको थियो। सानो उमेरमा विवाह गर्न हुन्न भन्ने विषयमा केही सिकाएर सर जानुभयो। त्यो दिन हामीले धेरै कुरा गर्न पाएनौं। स्कुल सकियो घरतिर लाग्यौं।
भोलिपल्ट फेरि अनुश र म त्यही ठाउँमा गयौं। उसले मलाई १० कक्षामा पढ्ने अन्जलीले आफूलाई मन पराउने कुरा सुनाए। अन्दाजी साढे ४ फिट अग्ली, गौ गोरो वर्ण भएकी, मिजासिली, फरासिली, हँसिली, अनारका दाना जस्तै चट्ट मिलेका दाँत, मधुर स्वर भएकी, मिलेको जिउडाल, मेहेनत गरेको कोरीबाटी गर्ने अन्जली मेरो मानस पटलमा फन्फनी घुमी एकछिन। म त नाजवाफ भएँ। सोचेँ अनुश कथित तल्लो जातको दलित केटा। अनि अन्जली सामाजिक संरचनाको माथिल्लो जातकी केटी। अन्जलीले उसलाई मन पराएको त्यो कुराले दैलेखको तोले गाविसका सेते दमाईको हत्या प्रकरण, चर्चित एसिड काण्ड, कालिकोटका जुविथा गाविस४ का मनवीर सुनारको घटना लगायातका कुनै समयका बहुचर्चित भयानक परिघटना सम्झिएँ मैले। मनभित्र एक खालको त्रासको आँधी चलिरहेको थियो। उनीहरूलाई प्रवाह थिएन म भने स्थिर थिइनँ। डर लागिरहेको थियो।
अनुशले अन्जलीको प्रेमलाई अपनायो। विस्तारै उनीहरूको प्रेम अंकुराउन सुरू गरेको थियो। दिन दुईगुना रात चौगुना माया बढ्यो। अनुश र अन्जलीको सम्बन्धबारे एक कान, दुई कान, मैदान हुँदै सबैतिर फैलियो।
उनीहरूको प्रेमको कुरा अन्जलीको घरसम्म पनि पुग्यो। उसका आमाबुवाले थाहा पाए। त्यो दिनबाट उनीहरूको प्रेममा संघर्षका दिन सुरू भए। उनीहरूको प्रेम सम्बन्ध छुटाउन अनेक प्रकारका प्रयासहरू गरिए। त्यतिले नपुगेर अनुशलाई जहाँ भेटायो त्यही मानसिक यातना दिन थालियो।
उता अन्जली पनि घरमा घृणाकी पात्र भई। गालीगलौज तथा अमानवीय व्यवहार र हरेक दिनको टोकाइ खान थाली। पछि अनुशका घर परिवारले पनि थाहा पाए। उनीहरूलाई पनि त्यो सम्बन्ध सामाजिक संरचनाका कारण मन परेन। त्यसैले पनि अनुशका घरकाले त्यो सम्बन्ध कायम राख्न चाहेनन्। सम्बन्ध तोड्न अनुशलाई निरन्तर दबाब दिए।
दसैंताका थियो त्यो दिन। म आफ्नो घरबाट टीका थाप्न भनेर मामाको घर जैतपुरमा गएको थिएँ। अन्जलीको मोबाइलबाट फोन आयो। मैले फोन उठाउँदा ऊ रुन्चे स्वरमा बोलिरहेकी थिई।
मैले भने( ’के भयो र सन्चो छैन तिमीलाईरु ऊ रोईमात्र। के भयो भनेर सोध्दा उताबाट केरही आवाज आउन। एकैछिन फोन काटियो।
मैले फोन डायल गर्दा सम्पर्क हुन सकेन। अनुशलाई फोन डायल गर्दा स्विच अफ थियो। मेरो मन झन् आत्तियो। हर्षित मन लिएर दसैं मनाउन गएको मेरो मन निराशाको कालो बादलले ढपक्कै ढाकिदियो। म घरको दायाँपट्टिको पर्खालमा अढेस लागेर बसिरहेको थिएँ। फेरि अन्जलीको फोन आयो। मैले छिटोछिटो फोन उठाएँ। ऊ रुन्चे स्वरमा बोलिरहेकी थिई। आवाज कटेर आइरहेको थियो। म एम्बुलेन्समा।।। अनुशलाई अब मलाई कहिल्यै।।। भन्नु है। प्लिज, प्लिज म बोल्न नपाउदै फोन कट्यो।
अघि त मेरो मनमा कालो बादल मात्र मडारिएको थियो । अब भने ८ रेक्टर स्केलको भूकम्प नै गएको जस्तो भयो। नदिनाला, घर,मान्छे, सडक सबै एकनास देख्न थाले। मानौं आफ्नै अगाडि आफ्नै प्रियसीको लास चितामा दनदनी बलिरहेको छ। विस्तारै सम्मालिएँ म। अनुशको मोबाइल स्विच अफमात्रै भन्छ। गाउँमा मान्छे बिरामी भएको र तत्काल हस्पिटल लानुपर्ने भयो भन्ने बहाना बनाएर म टीका नै नथापि घर फर्किएँ।
अनुशको घर टाढा भएकाले हर कोशिस गर्दा पनि ऊसँग सम्पर्क हुनै सकेन। तत्काल उसलाई भेट्न जान सकिने अवस्था पनि थिएन। अन्जलीको फोन पनि अफ भैसकेको थियो। निर्विकल्पित भए। निराशाको कुनै सीमा थिएन।
त्यो दिन केही गरी सम्पर्कको माध्यम बनेन। भोलिपल्ट हामीसँगै पढ्ने अञ्जलीको गाउँकी देवालाई फोन गरेँ। उसले अञ्जलीले विष सेवन गरेको कुरा गरी। मन झन् अत्तालियो। आफ्नै प्राण गएजस्तो भयो। मेरो कुरा गराइबाट उसले अनुमान गरी होली। पछि उसले नआत्तिनु भन्दै, उसलाई ९अंजली० हिजो हस्पिटल लगेको हो। हिजो दिनभरि अप्ठ्यारो भयो पछि विस्तारै ठीक हुन थालेपछि घरमा ल्याएको हो। अहिले घरमा आराम गरिरहेकी छ,’भनी।
पछि भेट्न जाँदा अञ्जली फरक भएकी थिई। चिन्नै नसकिने, काली, तानिएका आँखा, उदास अनुहार, जाँगर नलागेको अनुहार, बोल्दा कुनै प्रकारको उत्साह नदेखिने, केवल अरुका लागि बाँचेकी अञ्जली चिन्नै नसकिने भएकी थिई । घरकाले उसको फोन जफत गरेछन्। निकै दया लागेर आयो भित्रभित्रै। छोटो समय नै विरूप भएकी थिई ऊ।
धेरै समय भएको थियो अनुश र अञ्जलीबीच सम्पर्क हुन नसकेको विस्तारै सम्पर्क सूत्र फिट भयो। उनीहरूबीच सम्पर्क बढ्न थाल्यो। फोन बाक्लिदै गयो। उनीहरूबीच भेटघाट पनि हुन थाल्य। जतिजति उनीहरूको चोखो प्रेम घरले छुटाउन खोज्थे त्यति त्यति उनीहरूको प्रेम प्रगाढ हुँदै गएको थियो। त्यो प्रेमको शिलशिला चलिरहयो। निरन्तर।
अनुश र म एसएलसीको तयारीका लागि भनेर खलंगामा ट्युसन पढ्न आयौं। अञ्जली पनि कम्प्युटरको बेसिक कोर्स गर्न भनेर बजारमै बसेकी थिई। दुबै स्वतन्त्र भएका थिए। हप्ता जस्तो भेट हुन्थ्यो। माया प्रेमका कुरा हुन्थे। भावी जिन्दगीका कुरा हुन्थे उनीहरूबीच । एक अर्का बिना बाच्न नसक्ने कुरा गर्थे। आखिर प्रेममा भन्दा बेसी कल्पना के पो हुन्छ र१
दुवै जना बजारमा पढ्ने भए पनि पछि उनीहरूले भेट्ने समय अलि पातलो बनाए। हप्ताको एक दिन भेट हुन्थ्यो। अनुश एसएलसीको तयारीमा घनिभूत रूपमा लागेको थियो।
समय बितेको पनि पत्तै भएन। हाम्रो एसएलसी आउन ठीक १५ दिनमात्र बाँकी थियो। अनुशले आफू दुई जना बीचको भेटका बारेमा मलाई भन्यो। अञ्जलीको स्वास्थ्य जाँच गर्न नेपालगंज जाने भइछ। भोलिमात्र। थाहा छ उपचारका लागी घर नजिकैको खेत बेच्ने भएका छन् रे। मैले सोधे के को उपचार हो र एक्कासी नेपालगंज जानुपर्नेरु यहाँको डाक्टरले पथरीको शंका गरेको रहेछ। चेक जाँचको राम्रो उपकरण नभएकोले उता जानुपर्ने भएछ। छिट्टै जान भनेको छ रे डाक्टरले ।
यी सब कुरा गर्दा ऊ चिन्तित देखिन्थ्यो।
भोलिपल्ट उसलाई ट्युसन जान फोन गरे। उसले आफूलाई सन्चो नभएको सुनायो।म एक्लै पढ्न गएँ।
ट्युसन क्लास सकिएपछि म सिधै उसको कोठा गएँ। ऊ सुतिरहेको थियो। मैले के भयो सोध्दा सबै वृत्तान्त सुनायो। म अक्क न वक्क भए। त्यही पनि पत्यार लागेन उसको फोनबाट अन्जलीलाई फोन गरेँ। फोन गरें केटाले उठायो। सोध्दा श्रीमतीको नम्बर हो भन्यो। किन घरीघरी फोन गरेको भनेर उल्टो थर्काएपछि फोन राखिदिएँ।
उपचारका लागि भनेर आफ्नो प्रेमीसँग सल्लाह गरेर गएकी आफ्नी प्रेमिकाको विवाह भएको खबर पाएपछि अनुशको यो हालत भएको थियो। दुई दिनमै कायापलट भएको थियो उनीहरूको सम्बन्धको।
परीक्षा जसोतसो दियो। पागल झैं बनेको थियो ऊ।
समय बित्दै जाँदा अञ्जलीको विवाहको बारेमा अनौठा कुरा सुनिन लागे। उसको विवाह परम्परागत धामीको जालसाजीबाट भएको भन्ने गाइँगुइँ सुनिन थाल्यो। कम्युनिष्ट पार्टी समर्थित विद्यार्थी संगठनमा काम गर्थी ऊ। तर यो सब कसरी हामी अचम्ममा पर्यौं।
अञ्जलीको विवाहको किस्सा फरक थियो। अञ्जलीको लोग्नेले अञ्जलीलाई फकाउन भनेर आफ्नी एक साथीलाई लमी लगाएको रहेछ। त्यो साथी अञ्जलीसँगै पढेकी साथी हो। उसले अनेक उपाय लगाइछ, फकाइछ। ऊ फकाउन सिपालु देखिई उसले धामीले मन्त्र जपेको अक्षता ल्याएर अञ्जलीलाई खुवाइछ – ९अक्षेता भनेको देउताका धामीले मन्त्र जपेर दिएको चामल हो०।
यो कुरा अञ्जलीले थाहा पाएकी रहेनछ। पछि अञ्जलीले अटेरी गर्न थालेपछि कुरा खोलिछ। अलि धम्काइछ पनि र भनिछ(हेर तैले धामीले दिएको अक्षता खाइसकिस् बिहे गरिनस् भने तँ बौलाउछस् आदि।
अञ्जली टुनामुनामा फसिछ। अपरिपक्क उसले साथीको कुरामा विश्वास गरिछ। उसको मनमा डरको मनोविज्ञानले राज गरेछ। त्यसपछि उपचारका लागि भनेर छुट्टिएकी अञ्जलीको विवाहको अप्रत्यासित खबर पाएको हो अनुशले।यसरी पनि बाल विवाह बढ्नुको एउटा कारण थपिएको छ अक्षता विवाह।
जुम्ला दर्पण । १ भाद्र २०७९, बुधबार १९:०१