जुम्लाका D.S.p चन्द १५ महिनामा उदाहरणीय काम गर्दै सरुवा ।

डिल्ली अन्जान जुम्ला

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपि नरेन्द्र चन्दले आफ्नो १५ महिनाको अवधिमा गरेका कामको बुधबारका दिन पत्रकार सम्मेलन मार्फत जानकारी गराए। जुम्लामा रहेका क्रियासिल पत्रकारका माझ १५ महिनाको अवधिमा भएका कामको जानकारी गराएका हुन ।

जुम्लाबाट नेपाल प्रदेश प्रहरी कार्यालय पोखरामा सुरुवा भएका चन्दले आफ्नो कार्यकालमा भए गरेका काम पत्रकारहरुका बिचमा राखेका छन । चन्दका अनुसार १५ महिनाको अवधिमा विभिन्न ९१ वटा मुद्दा दर्ता भएको बताए । लागु औषधका १० मुद्दामा ३१ जना प्रतिवादि पक्राउ गरि थप अनुसन्धानका लागि हिरासतमा राखेको उहाँले जानकारी गराए।

यस्तै कर्तव्य ज्यानमा ४ वटा मुद्दा दर्ता भएका र ४ जना प्रतिवादि पक्राउ गरि कानुन बमोजिम कारबाही लागि प्रक्रिया अघि बढेको उनको भनाइ छ । जर्वजस्ति करणीका १८ वटा मुद्दा दर्ता भएका र २१ जना प्रतिवादि पक्राउ गरि कानुन बमेजिम कार्वाही मा गर्दै अदालतिय प्रक्रियमा रहको बताउदै उनले जवरजस्ति करणी उद्योगका २ वटा मुद्दा दर्ता भएको र २ जना प्रतिवादी पक्राउ गरी कानुन बमोजिम अघि बढाईएको जानकारी गराए ।

चन्दका अनुसार ज्यान मार्ने उद्योग सम्बन्धि ४ वटा मुद्दामा ६ जना प्रतिवादि पक्राउ गरिएको बताए । उहाँका अनुसार, चोरीका ११ मुद्दामा १७ जना प्रतिवादी पक्राउ परेको बताउनु भयो । यस्तै, अभद्र व्यवहारका ८, वटा मुद्दामा १० जना प्रतिवादि पक्राउ भएका उहाँको भनाइ छ । सवारी ज्यान तथा सवारी भवितव्यका ८ वटा मुद्दामा ४ जना प्रतिवादि पक्राउ परेको बताउदै उनले भवितव्य ज्यान सम्वन्धि ९ वटा मुद्दा दर्ता भएको जानकारी गराए ।

झुण्डी आत्महत्याका ७ मुद्दा दर्ता भएका र अन्य १० मुद्दा गरेर १५ महिनाको अवधिमा ९१ वटा मुद्दा दर्ता भएको उनले बताए भयो । डिइसपि चन्दका अनुसार, फैसला कार्यान्वयन तर्फ बिभिन्न मुद्दाका १८ जना प्रतिवादी पक्राउ गरि १२ बर्ष ८ महिना ७ दिन कैद र १ लाख ३७ हजार ७४ रुपैया जरिवाना असुल उपर गरिएको बताए।

यसैगरि, चालु आर्थिक वर्षमा  जबरजस्तिकरणी मुद्दाका फरार प्रतिवादि १ जनालाई पक्राउ गरी काठमाण्डौँ पठाइएको बताए । उहाँका अनुसार घरेलु हिंसा तर्फ ९० वटा उजुरी मध्ये ६० वटा मिलापत्र, २५ वटा आफु खुसि अदालत गएको र ५ वटा उजुरीका व्यक्ति सम्पर्कमा नआएको बताए ।

सामाजिक हिंसा उजुरी ७४ वटा मध्ये ६३ वटा मिलापत्र भएको, ७ वटा आफुखुसी अदालत गएको र ४ वटा सम्पर्कमा नआएको चन्दले बताए । हराएका बालबालिका अन्तर्गत महिला ३७, बालक २० बालिका २३, पुरुष ३६ गरि जम्मा १ सय १७ मध्ये फेला परेको महिलाको संख्या ३३, बालक २०, बालिका २२ र पुरुष ३० गरि जम्मा १०५ जना फेला परेको उनको भनाइ छ ।

यस्तै, महिलाको संख्या ५, बालक १, वबालिका १ र पुरुष ५ गरि जम्मा १२ जना फेला नपरेको चन्दे बताए । उहाँका अनुसार, २ हजार ८ सय ४२ सवारी कारवाहीबाट २४ लाख २१ हजार ५ सय रुपैया राजश्व संकलन भएको बताए । स्थानीय तह, संघ र प्रदेशसभाको निर्वाचनलाई न्युन जनशक्ति र स्रोत साधनका बिच पनि स्वतनत्र, निष्पक्ष, भयरहित र शान्त वातावारणमा सम्पन्न गरिएको बताए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्कुलमा सचेतनामुलक कार्यक्रम गरिएको बताउदै उनले बढ्दो लागु औषधको नियन्त्रण तथा रोकथामका लागि विभिन्न पहलहरु गरिएको बताए । आफै उम्रेको गाजालाई फडानी तथा अवैद्य घरेलु मदिरा ५ सय लिटर बरामद गरी नष्ट गरिएको उनको भनाइ छ । जुम्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिंजाको नराकोट (ख) र पातारासिको तल्फीमा नयाँ प्रहरी चौकी स्थापना गरिएको चन्दले जानकारी गराए ।