अन्डर-१६ फुटबल :छात्रतर्फ भैरव मावि र छात्रातर्फ त्रिभुवन माविलाई उपाधि

जुम्ला :  १६ वर्ष मुनिका अन्तर  स्कुल स्तरीय छात्र र छात्रा फुटबल प्रतियोगिताकाे उपाधि भैरव मावि धुपिढुस्का र त्रिभुवन मावि झारज्वालाले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा छात्रतर्फ भैरव मावि र छात्रातर्फ त्रिभुवन मावि झारज्वलाले जितेका हुन् ।

नेपाली सेनाकाे खेल मैदानमा भएकाे फाइनल खेलमा त्रिभुवन माविले ६-४ गाेल अन्तरले चन्दननाथ नमुना माविलाई टाइब्रेकरमा पराजित गर्याे । निर्धारित समयमा दुवै टिमले समान १-१ गाेल गरेका थिए ।


यस्तै छात्रतर्फ भएकाे फाइनल खेलमा भैरव मावि धुपिढुस्काले त्रिभुवन माविलाई २-१ गाेल अन्तरमा पराजित गदर्दै उपाधि जितेकाे हाे । प्रतियोगितामा छात्रातर्फ चन्दननाथ मावि खलंगाकी ललिता बुढा उत्कृष्ट खेलाडी घाेषित भइन भने भैरव मावि धुपिढुस्काका दिनेश धराला घाेषणा भए ।

प्रतियाेगितामा छात्रातर्फ त्रिभुवन माविकी टिका थापा र छात्रतर्फ भैरव माविका पारस धरालाले वेष्ठ डिफेनन्डरकाे उपाधि जितेे । प्रतियोगिताभर तीन गाेल गरेकी त्रिभुवन माविकी अस्मिता भण्डारी र चार गाेलसहित जे.आर. कर्णाली बाेडिङ स्कुलका सुमन जैशी उत्कृष्ट गाेलकर्ता घाेषित भएका हुन् ।

उत्कृष्ट गाेल रक्षकमा छात्रतर्फ त्रिभुवन माविका नवीन रावल र छात्रातर्फ त्रिभुवन माविकी कञ्चन भण्डारी उत्कृष्ट भए ।  मार्चपासतर्फ ब्राइट फ्युचर इंग्लिस मेडियम स्कुल उत्कृष्ट भएकाे छ । प्रतियोगितामा  छात्रतर्फ १८ र छात्रातर्फ १२ टिम सहभागी थिए ।

समापन समारोह जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । जुम्ला जिल्ला फुटबल संघ जुम्लाकाे आयाेजनामा प्रतियोगिता असाेज १३ गतेबाट सुरू भएकाे थियाे ।