अखिल(क्रान्तिकारी) जुम्लाकाे १३औं जिल्ला सम्मेलन सिंजामा सुरू

जुम्ला : नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) जुम्ला जिल्लाको १३औं जिल्ला सम्मेलन सुरू भएकाे छ ।

`संविधान कार्यान्वयनका लागि विद्यार्थी आन्दोलन,सुदृढ संगठन निर्माणको लागि १३ औं जुम्ला  जिल्लाकाे ऐतिहासिक सम्मेलन `भन्ने मुल नाराका साथ सम्मेलन जिल्लाकाे सिंजा गाउँपालिकाकाे नराकाेटमा सुरू भएकाे हाे ।

सम्मेलनकाे अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि अमरराज शाहीले सम्मेलनकाे उद्घाटन गरे ।


यहीँ भदाै १२ र १३ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ । सम्मेलनमा जिल्लाका आठवटै स्थानीय तहबाट विद्यार्थीहरूकाे सहभागिता छ ।