जुम्ला प्रतिष्ठानका उपकुलपति  र रजिष्टारकाे राजीनामा माग्दै नेवि संघ र तरूण दलकाे ध्यानाकर्षण

जुम्ला :  नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरूण दल जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे सेवा प्रवाह र सेवा सुविधाका विषयमा ध्यानाकर्षण गराएका छन् ।

दुवै संघले प्रतिष्ठानको असक्षम नेतृत्व र व्यवस्थापनका कारण उपचारका कममा लाउने बिरामीहरुले सहज उपचार नपाउनु, अध्ययनका लागि आएका बालबालिकाहरुले असल शैक्षिक वातावरण तथा प्राध्यापक नपाउनु के कारण गुणस्तरीय शिक्षामा समेत प्रभाव पर्ने कुरामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको  जनाएका छन् ।

आइतबार प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई विभिन्न २२ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । नेवि संघ जुम्लाका अध्यक्ष महेश हमाल र नेपाल तरूण दल जुम्लाका अध्यक्ष हेम बुढ्थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा किड्नी डाइलासिस सेवा सुचारू हुनुपर्ने,भिडियो एक्सरे सेवा  सुरू हुनुपर्ने र एम्बुलेन्स सेवा सुरू हुनुपर्ने लगायतका माग गरेका छन् ।
प्रतिष्ठानका उपकूलपति डा. मंगल रावल तत्कालिन अवस्थामा अस्पताल निर्देशक, कार्यकारी परिषदको सदस्य र सभा सदस्य हुँदाका बखत निजले आफ्नो पदको चरम नियमबाट उपकूलपतिका लागि योग्य भई उपकूलपति नियुक्ती भएकाले अयोग्य उपकूलपतिले दुरुपयोग गरि उक्त नियमावली आफु अनुकुल बनाउन नियमावलीमा किर्ते बनाई आफु सोही नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने माग रहेकाे छ ।

यस्तै रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानको सार्वजनिक पद धारण गरी नेकपा एमालेको जिल्ला अधिबेशनको निर्वाचन अधिकृतको रुपमा खटिई पार्टिगत गतिबिधि अगाडी बढाएको र निजले प्रयोग गरेको कार्यालयको गाडी पार्टीका गतिविधिमा प्रयोग गरि मोटरसाइकल आफ्नो कार्यकर्तालाई प्रयोग गर्न दिई सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग गरिकाले निजलाई तत्काल कारवाही गरिनुपर्ने लगायतका माग रहेका छन् ।

यस्ता छन्,नेवि संघ र नेपाल तरूण दलका २२ माग