६ वटा ऎन पारित गर्दै तिला गाउँपालिकाको हिउँदे गाउँ सभा सम्पन्न

जुम्ला। जुम्लाको तिला गाउँपालिकाको १५ औँ हिउँदे गाउँ सभाबाट ६ वटा ऐन,नियम,कार्यविधि पारित गरेको छ। मंगलबार भएको हिउँदे अधिवेशनले तिला गाउँपालिका अवकाश कोष कार्यविधि ( २०८०),तिला गाउँपालिका स्थानीय रोजगार रणनीति, स्वास्थ्य तथा सरसफाई नीति ( २०८१)स्थानीय पूर्वाधार आयोजना सञ्चालन तथा व्यवस्थापन निर्देशिका (२०८१) तिला गाउँपालिकाको तालिम, बैठक तथा गोष्ठी सञ्चालन कार्यविधि (२०८१) पारित भएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साे हिउँदे गाउँसभाले तिला गाउँपालिका लैंगिक तथा यौनिक अल्पसंख्यकको सेवा सुविधा सम्वन्धी कार्यविधि ( २०८१) समेत पारित भएको प्रमुख प्रशासकीय अधिकृत जानकी हितानले जानकारी दिनुभयो ।
गाउँपालिकाको कार्यसम्पादनका लागि ऐन २० वटा, नियमावली वटा, कार्यविधि १६ वटा, निर्देशिका २ वटा, नीति १ वटा, प्रवन्ध पत्र १ वटा रहेको सामाजिक विकास शाखा प्रमुख जंगबहादुर बस्नेतले बताउनुभयो । गाउँपालिकाको हिउँदे गाउँ सभाले १ नम्बर वडामा ५ वटा, ३ नम्बर वडामा १० वटा, ४ नम्बर वडामा १३ वटा, ५ नम्बर वडामा १४ वटा, ७ नम्बर वडामा ४ वटा, ८ नम्बर वडामा १० वटा, ९ नम्बर वडामा २२ वटा योजना संघ, प्रदेश र अन्य निकायमा माग गर्ने निर्णय गरेको छ । आम सञ्चार ऐन र गिट्टी बालुवा सम्वन्धी ऐन ल्याएर कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सवैको राय सल्लाह सुझाब र समन्वय सहकार्यकै माध्यमबाट गाउँपालिका अगाडी बढ्ने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाकाे भनाइ छ। याे आर्थिक बर्षमा ७ वटा ठुला याेजना ठेक्काबाट संचालन हुने भएकाछन् । उपभोक्ता समितिबाट ७९ याेजनामध्ये १८ वटा याेजना अहिलेसम्म सम्झौता भएकाछन् । करिब ५ लाखदेखि ३० लाखसम्मका याेजना उपभोक्ता बाट संचालन हुने भएको छ। चालू आबकाे छ महिनासम्म एक याेजनाकाे काम सम्पन्न भइ भुक्तानी भएको याेजना शाखाका प्रमुख धिरेद्र थापाले जानकारी दिनुभयो ।