जुम्ला : जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ५ का बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच वडा नम्बर ५ का ८४ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
वडा कार्यालयको सहजीकरणमा बालबालिकाहरुलाई शिक्षा आर्जन गर्न सजिलो होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष छिरिङ महतले बताए ।
उनका अनुसार एक कार्यक्रमका बीच सामग्री वितरण गरिएको हो । उक्त सामग्री वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारीमा सामग्री वितरण गरिएको थियो ।
जुम्ला दर्पण । २९ जेष्ठ २०८२, बुधबार १९:५९