जुम्लामा प्रहरी- विद्यालय सम्पर्क कार्यक्रम सुरू

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रहरी- विद्यालय सम्पर्क कार्यक्रम सुरू गरेकाे छ । जिल्लाभरका विद्यालयहरूमा प्रहरी गएर विभिन्न विषयमा जानकारी दिने उद्देश्यले प्रहरी- विद्यालय सम्पर्क कार्यक्रम सुरू भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रही निरीक्षक विवेक खनालका अनुसार विभिन्न एक दर्जन बढी विषयमा विद्यालयमै पुगेर प्रशिक्षण दिइनेछ ।

बालविवाह,याैन दुव्यवहार,बाल याैन दुरुपयोग,जवरजस्ती करणी,छाउपडी,जातीय विभेद घरेलु हिंसाका विषयमा प्रशिक्षण गरिने उनले बताए ।

खनालले बालबालिकाविरूद्वकाे कसुर,बालश्रम बहुविवाह,विद्युतीय अपराध,लागु औषधका विषयमा जाने दिइने बताए ।
मानव बेचविखन,सूर्तिजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा बन्देज सम्बन्धि व्यवस्था,अपमानजनक वा अमानवीय व्यवहार र सूचना र न्यायका लागि काम गरिने उनकाे भनाइ छ । विभिन्न कानुन प्रावधानबारे जानकारी दिने अभियानकाे लक्ष्य रहेकाे उनकाे भनाइ छ