स्थानीय तह मुल्यांकनमा कनकासुन्दरी जिल्लाकै अब्बल

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार जुम्लाका आठ स्थानीय तहमध्ये कनकासुन्दरी गाउँपालिका अब्बल सावित भएकाे छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  सावर्वजनिक गरेकाे आर्थिक वर्ष २०७९-८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन अनुसार कनकासुन्दरी अब्बल सावित भएकाे हाे ।

प्रतिवेदनअनुसार कनकासुन्दरीले एक नगर र सात पालिकामध्ये उच्चतम ८४.५० अंक प्राप्त गरेकाे छ । कनकासुन्दरीपछि दाेस्राे स्थान हासिल गरेकाे हिमा गाउँपालिकाले ८०.५० अंक प्राप्त गरेकाे छ ।

तेस्राे नम्बरमा रहेकाे पातारासी गाउँपालिकाकाे ७९.५० र चाैथाे स्थानमा रहेकाे तातोपानी गाउँपालिकाले ७४.५० अंक प्राप्त गरेका छन्। त्यसपछि तिला गाउँपालिकाले ७४ अंक प्राप्त गरेकाे छ ।

जिल्लाकाे एकमात्र चन्दननाथ नगरपालिकाले जम्मा ६८ अंक प्राप्त गरेकाे छ । त्यसपछि सिंजा गाउँपालिकाले ६३ अंक प्राप्त गर्दा गुठीचाैर गाउँपालिकाकाे सबैभन्दा कम जम्मा ५३.५० अंक प्राप्त गरेकाे छ । गुठीचाैरकाे अन्य पालिकाकाे तुलनामा अत्यन्तै खराब नतिजा हाे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृयालाई आधार मान्दछ ।

यस्तै विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने अंक नतिजाका निर्धारक हुन् ।

उल्लेखित विषयमा स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्वमूल्याङ्कनको प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको जनाएकाे छ ।

स्थानीय तहको संस्थागत स्वमूल्यांकन आर्थिक वर्ष २०७६–०७७ बाट सुरु गरिएको हाे । तर, मन्त्रालयले पहिलो पटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।