कर्णाली राजमार्गमा राज्यको वेवास्ता : सास्ती,पीडा,घाटा र निरासा

-नरेन्द्रनाथ योगी
श्रेयका लागि हतार हतारमा चैत ३०, २०६३ मा ट्रयाक ओपनिङ (लाईन बनाउने) र अर्थ कटिङ (माटो पन्छाए) लगत्तै कर्णाली राजमार्ग संञ्चालनमा ल्याइयो । यो राजमार्ग सञ्चालनमा आएदेखि हिउद र बषार्त दुवै मौसममा भारी बर्षा हुदाँ अवरुद्ध भई रहेको छ । जसका कारण बर्षेनी यात्रु,व्यावसायी र बाह्र्य तथा आन्तरिक पर्यटकहरुले दुःख,सास्ती,पिडा भाग्दै अलपत्र पर्ने गरेको कथा नयाँ होईृन ।यसमा सयौ मृत्यु,दुरर्घटनाका घटना भै सकेका छन् । कर्णाली राजमार्ग मृत्य मार्ग मात्रै होईन, नेपालका ८० राजमार्ग मध्य सबैभन्दा बढी बाढी पहिरोले अवरुद्ध ,दुर्घटना हुने राजमार्ग हो ।

यो राजमार्ग शूरुवात हुदाँ कर्णालीका जनताहरु निकै खुशी,उत्साहित थिए । अहिले डरत्रास र वेखुशी देखिन्छन् । कर्णालीवासीले सोचेका थिए,यो राजमार्ग संचालनमा आयो अब कर्णालीका अपार श्रोत साधन र उत्पादनले स्थान पाउने भयो । अनि विकास,सुख, समृद्धि हुने भयो । विकास र निकासको ढाका खुला भयो भनेर निकै गर्व गरेका थिए कर्णालीवासीले । आज आएर यो राजमार्ग दुःख,त्रास,भय र स्थानिय उत्पादनको हस गराउने भयो । यो संञ्चालनमा आएको झण्डै १७/१८ बर्ष वित्न थाल्यो ।शूरुवात यता १८२१ दुर्घटनामा ९९१ को मुत्यु र १५२७ घाइते,अपाङ्ग, भएका तथ्यांक छ । हरेक हिउद र बर्षातको मौसममा राजमार्ग अबरुद्ध हुदा आमसंचार माध्यमले समाचार संप्रेषणको काम पाउन्छन् । कर्णालीका राजनैतिक दलका जनप्रतिनिधिहरुले संसद र आम संचार माध्यममा अन्तरवार्ता दिन पाउन्छन् । तर पनि काग कराउदै रहन्छ,पिना सुख्दै गर्छ भने जस्तै सरकार वा राज्य कर्णालीको त्यो समस्याबारे बेखवर देखिन्छ ।
राजमार्ग संचालनमा आएको १७ ,१७ बर्ष वित्ति सक्यो । तर त्यो राजमार्गका रुतर उन्नती र सडक मापदण्ड पुराएर पुनः निर्माण गरिनु पर्छ वा विकल्प दिनु पर्छ भन्ने विषयमा जति सरकार आए पनि कर्णाली चिन्ता र देःखमा परेको छ । कर्णाली राजमार्गका असंैय दुख, पिडा, सास्ती,अलपत्र तथा क्षेती खेप्नु पर्दा यसले आशा ,भरोसा भन्दा निराशा ,भय,त्रास र चिन्ता कर्णालीवासीलाई थपेकोछ । कर्णालीको आँसु र कथा व्यथा केवल आम संचार माध्यमले चिन्ता,दुःख दुखेसोले भरिपुर्ण समाचार संप्रेषण गरेको पढेर ,सुनेर कर्णालीवासीले चिन्त बुझाउनु वाहेक अरु केही अहिलेसम्म राजमार्गको सुरक्षित उन्नती हुन सकि रहेको छैन ।


गत साल यहि मौसममा राजमार्गको दर्जन बढी स्थानमा बर्षातले अवरुद्ध हुँदा हप्तौसम्म कर्णालीका अर्गानिक उत्पादन बोकेका सयौं गाडिहरु वीच सडक खण्डमा रोकिदा एकातिर स्याऊ लगायत अन्य समान अरबैको सडेर क्षती भएको थियो भने अर्को तर्फ यात्रुहरु अलपत्र परेर दुःख सास्ती र पिडा सहुन परेको थियो । तर पनि यो सालको बर्षात शुरु हुन्जेल अगाडिसम्म सडकका सम्बन्धित निकाय र सरोकारवाला तथा सरकार निदाएको जस्तो भयो । जव असार यता बर्षातले विस्तारै पुराना अवरोध भएका स्थानमा बाढी पहिरोले राजमार्ग अबरुद भए । अनि जनताले सास्ती पाउन थाले राज्यका जिम्मेवार निकायहरु सुचना ,जानकारी दिन थाले ,राजमार्गको फलानो फलानो स्थानमा अबरुद्ध भनेर ।
सोची विचारी यात्रा गर्नु होला,अनि त्यसैलाई आधार मानेर संचार माध्यमले समाचार संप्रेषण गरेर आम नागरिकलाई सु.सुचीत गर्दन् । देशभर राजमार्ग अवरुद्ध भएको हल्लीखल्लाी हुन्छ । त्यस पछि जनप्रतिनिधिहरु आफनो प्रतिष्ठा बढाउन,आफुले के के गरे भनेर मिडिया,फेसबुक र युटयुबमा बाल्न थाल्छन् । त्यस बेलासम्म कृषकको उत्पाद वस्तुहरु वीच बाटोमा रोकिएर सडी गली सकेको हून्छ । यस्तो समस्या १ बर्ष ,२ बर्ष होईन ,१७ ,१७ बर्षसम्मको हो । यो समस्या यथावत रुपमा दोहोरिएका छन् । विशेष गरेर राज्य वा सरकारले यो राजमार्गका विषयमा गम्भिर चासो किन लिई रहेका छैन, एकातिर यस विषयमा राजमार्गको पिडित उपभोक्ताहरु सचेत हुन आवश्यक छ भने अर्को तिर कर्णालीको सम्बन्धित जनप्रतिनिधि र दलहरुले यस विषयमा एक्शन लिने गरि एकताबद्ध हुनु अति कआवश्ययक छ । कर्णालीका विषयमा दलहरुले तेरो मेरोको राजनिति गर्नु हुदैन । राज्य वा सरकारलाई कर्णाली राजमार्ग लगायत अन्य समस्याका विषयमा सडक र सदनबाट ध्यान केन्द्रित गराउने कार्य योजना बनाउनु पर्छ ,नत्र आकाशको फल आँखा तरिमरि हुन्छ ।
कर्णाली राजमार्ग यस्तो अवस्थाको जिम्मेवार को ?
पहिलो कुरा परानो राज्य वा सरकारका जिम्मेवार निकाय,व्यक्तिहरुको कमजोरी छ । राजमार्गको राम्रोसँग अनुगमन नगरि हतार हतारमा ट्रयाक ओपनिङ्ग र स्वायल कटिङ्ग हुन बित्तिकै राजमार्ग संञ्चालनका लागि उदघाटन गर्न हुन थिएन ।दोस्रो,उदघाटन पुर्व कमसेकम ६ महिना वा १ बर्ष दिन परिक्षण (ट्रायल फेज) मा राख्नु पर्ने थियो । तेस्रो कुरा सरकारले २०६३ चैत ३० गते राष्ट्रिय योजना आयोगका प्रतिनिधि र नेपाली सेनाका प्रद्यान सेनापती     रुक्माङ्ग कटुवालसहितको टोलीले ठुलै तामझामका साथ उदघाटन गरेर होहल्ला गर्नु हुने थिएन । चौथो यसको गुण स्तर र सडक मापदण्ड पुरा नभएको जाँच गरिनु पथ्र्यो ।

पाँचौ, सडक विगागले २०६९,मंसिर १९ गते नामाकणर हतार हतारमा गर्नु हुने थिएन । राज्यका जिम्मेवार निकाय राष्ट्रिय योजना आयोग,नेपाल सेनाको प्रद्यान कार्यालय र सडक विभागको अदुरदर्शि निर्णयले गर्दा संञ्चालनमा ल्याईएको यो राजमार्गमा १७/१७ बर्षमा भएका राम्रा नराम्रा पक्षको जिम्मा लिनु पर्छ । त्यस वेला संञ्चालनमा ल्याईएको यो राजमार्गको विषयमा व्यापक समिक्षा नगरि ०६९ ,मसिर १९ मा यसलाई कर्णाली राजमार्गको रुपमा नामाकरण गरि १३ औ स्थानमा राख्ने सडक विभागले पनि अझ बढी राम्रा नराम्रा पक्षको जिम्मा लिने र मापदण्ड विपरित सञ्चालन गर्दा कर्णालीवासी र अन्य नागरिकले भाग्नुे परेको सास्ती, दुःख,पिडा, क्षेतीको जिम्मा लिनु पर्छ कि पदैन ? राजमार्ग संञचालनमा आएको १७ बर्ष पुग्न थाल्यो ।

सधै खराब मौसममा अबरुद्ध बारम्बार भएर यसको गुण स्तर जिर्ण भई रहेको छ । यो राजमार्ग सडक मापदण्ड विपरित छ । यसमा ठुला यात्रु वस,मालवाहक गाडी संञ्चालन गर्न सकिदैन,,यसमा दुर्घटना भई रहन्छ,, बर्षात हुन वित्तिकै बाढी र पहिराले अबरुद्ध भई रहन्छ । यसलाई दई लेन वा सकेसम्म ४ लेनको बनाउनु पर्छ ।बनाउन भुवनोटले नसकिने भए सरकारलाई तथ्यगत प्रतिवेदन किन समय मै सिडक विभागले सरकारलाई दिन सकि रहेको छैन ? हरेक बर्ष काम चलाउ तरिकाले सडक संचालन गर्नुका पछाडीका रहस्य के छ ? यसको जवाफ सडक विभागले दिनै पर्छ ।

त्यस्तै गरेर नेपाल सरकार तीनै तहले कर्णाली राजमार्गको विषय ठिक बेठिक के हो ? अब के गर्ने ? भन्ने विषयमा गम्भिर भएर आधिकारकि रुपमा स्पष्ट अगाडि ल्याउनै पर्छ । सडक विभागका दईले नत यो राजमार्ग मापदण्ड अनुसार बनाउनु पर्छ भन्छन् नत सञ्चालन नगर भन्छन् । राज्यले पनि कर्णाली राजमार्गमा कर्णालीवासीले भोगको पिडा,दुःख,कष्ठ र मानविय क्षेती तथा समवेदनाबारे स्पष्ट बोल्ने र जिम्मा लिन सकि रहेको छैन । यस विषयमा कर्णालीवासी स्पष्ट रुपमा जागरुक हुनु पर्छ । यसको विकल्प पनि खाज्नु पर्छ । । यत्रो लामो समयसम्म राज्य सरकार गम्भिर हुनु नसक्नु ? मर्मत र मापदण्ड अनुसार निमार्णमा सचेत नहुनु ? बजेट विनियोजनमा विशेष ध्यान नदिनु आदि कारणले राज्य सरकार कर्णाली प्रति पुर्वाग्राही छ भन्ने तथ्य प्रस्ट हुन्छ ।


राजमार्ग निर्माणमा विगतको स्मरणः
पञ्चायत कालमा २०२८ सालबाटै स्वर्गीय राजा महेन्द्रले निमार्णका लागि प्रतिबद्धता गरेका थिए । तर उनको सोचले गतिलिन सकेन । त्यस्तै गरि स्व. राजा विरेन्द्रले २०४५ सालमा जुम्लाा भ्रमणमा टुडिखेलमा सम्बोधन गर्ने बेला मञ्चबाट जुम्ला सदरमुकामसम्म ५ बर्षमा मोटर बाटो पुराउने प्रतिबद्धता सहित घोषणा गरेका थिए । त्यो घोषणले प्रारम्भिक सर्भेसम्म भयो ।२०४६ सालका अन्तरिम सरकारका प्रद्यान मन्त्री कष्ण प्रसाद भटटराई, २०५७ सालका गृहमन्त्री रामचन्द्र पौडेल र ०५९/०६० का गृहमन्त्री कमल थापाले पनि राजमार्ग निमार्णको काम छिटो सम्पन्न गर्न र निमार्ण गराउन प्रतिबद्धता जाहेर गरेकै थिए ।तर उनीहरुका सोच,घाषणा र प्रतिबद्धताहरुले कार्य पुरा हुन सकेनन । जे होस सोचेको ३५ बर्ष,सर्भे गरेको २१ बर्ष ,शिलन्याश गरेको १५ बर्षमा सडकका अर्थ कट्रिङ र ट्रयाक खुला भएको थियो ।
अर्थ कटिङ र ट्रयाक खुला हुने वित्ती कै हतार हतारमा २०६३,चैत ३० गते उदघाटन गरियो । यो राजमार्ग सञ्चालन आएकोे १७ बर्ष हुन थाल्यो ।तर यस राजमार्गले दुःख,पिडा,क्षेती र मानविय समवेदना थपेको थपै छ । यस प्रति सरकारवाला निकाय र राज्यले भरपर्दो निकास वा विकल्प दिन सकेका छैन । त्यस्तो कार्य योजना पनि बन्न सकेको छैन । कर्णालीका राजनैतिक दल र जनप्रतिनिधिहरुले पनि यसको गुण स्तर,मापदण्ड र विकल्पका सवालमा साझा धारणा बनाउन सकि रहेको अवस्था पनि छैन । हरेक आर्थिक बर्षमा कनिका छराई विनियोजित बजेटले राजमार्गका प्वालमा टाला टाल्ने काम वाहेक प्रगति हुन सकि रहेको छैन ।
गत साल जस्तै कर्णालीका उत्पादित अर्गानिक स्याऊ व्यापार व्यवसायका लागि निर्यात( बाहिर ) गर्ने मुखैमा २ पटक कर्णाली राजमार्ग जुम्ला कालिकोट खण्डको शुभकालिका पालिका वा. नः २ स्थित गगने खोलामा दुई पटक गरि ११० मिटर सडक तल माथि भासिएको छ । यो साल पनि गगने खालामा अवरुद्धले किसान र व्यापारीहरु लाखौ घाटामा पर्ने भएका छ । कर्णालीबाट स्याउ ल्याएर आई रहेका ५० औ गाडीहरु गगने खोलामा रोकिएका छन् भने यात्रूहरु एक एक गरेर आवत जावत गरि रहेका छन । दशैका मुखमा किसानहरुको खुशी र आशा राजमार्गमा अड्कनुले कर्णाली वासी कति पिर मर्कामा छन भन्ने कुराको बर्णन गरि साध्य छैन ।
राजमार्गमा शुरुवात, लगानी र त्यस पछिको क्षतीको जिम्मेवार को ?
यो राजमार्गको पहिलो भाग(खण्ड) कोहोलपुर सुर्खेतका ९१ किलोमिटरलाई पनि लिईन्छ । यो आ. ब. २०३३/०३४ मा शुरु भई कालोपत्रसमेत गरि आ.ब. ०५७/०५८ मा समपन्न भई हाल शुचारु छ । यो राजमार्गको दोस्रो खण्ड सुर्खेत बाङ्गेसिमलदेखि जुम्लासम्म हो । यसको लम्बाई घुम्ती सहित २३३ कि.मि. छ । कोहलपुर र सुर्खेत खण्ड गरि कर्णाली राजमार्गको लम्बाई ३२४ किलोमिटर छ । कोहलपुर सुर्खेत ९१ सडक खण्ड कालोपत्रे भई विना अवरोध नियमित छ । सुर्खेतदेखि जुम्लासम्मको २३३ किलोमिटर सडक खण्ड शुचारु ल्याईएदेखि हिउद र बर्षात दुवै मौसममा भारी बर्षा भए पछि अबरोध भई रहने गरेको छ ।
कर्णाली राजमार्गको सुर्खेत देखि जुम्ला सडक खण्डसम्म नेपाल सरकार,विश्व बैक लगायतको पटके लगानी झण्डं ४ अर्ब २५ करोड ७३ लाख जति भएको पाईन्छ । अझ पनि यो राजमार्ग काम चलाउ अवस्थामा छ । राज्य कर्णाली राजमार्गलाई सडक मापदण्ड सहितका राम्रो सडक बनाउन किन आनाकानी गरि रहेको छ । जब की यो सरकार काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रहरुमा सडकको खाल्टाखुल्टी पुर्न हालै मात्र साढे पाँच अर्ब लगानी लाग्ने समाचार सार्वजनिक गराई रहेको छ ।यता सिगों कर्णालीका मुहार फेरेर राज्यलाई आयआर्ज गराउन सक्ने कर्णालीका ढोकालाई एकमुष्ट (ग्रयाण्ड) बजेट लगानी गरेर कर्णालीबाट मनग्य लाभ किन लिन सकि रहेको छैन, कित सरकार वा राज्य कर्णाली राजमार्गका दुरदर्शा विश्वलाई देखाउने राज्यले लाज मान्नु पर्ने हो । कर्णाली राजमार्गलाई मापदण्ड विपरित संञ्चालन गरि हजारौको ज्यान,अरबैको क्षेति,पिडा र सास्तीको क्षेतिपुर्ति राज्यबाट असुल्नु पर्छ कि नअसल्ने कर्णाी वासीले सोच्नु पर्छ ।

दुर्घटना भएको मानविय क्षेती र सजाय राज्यका पुराना र नयाँ सरकारका संचालकलाई गर्ने कि नगर्ने यस विषयमा पनि कर्णालीवासी गम्भिर भएर सोच्नु पर्छ कि ?यस राजमार्गमात् राज्यले जानी जानी,बुझ पचाई पचाई हेलचक्रायी र लाहपरवाही गरेको पाईन्छ । अर्दुदशी निर्णय गरेर राजमार्ग संञ्तालनमा ल्याउने पुराना शासकहरुका कारिन्दालाई के गर्ने त्यो पनि सोचनिय विषय छ । अभैm पनि राजमार्गको स्तर बृद्धि,मापदण्ड र विकल्पका विषयमा सोच्न सकेनौ भने राजमार्गका जिर्णता वाहेक अरु हात नलाग्न सक्छ ।
लेखकः आलेखकर्ता नेकपा माओवादी केन्द्को केन्द्रिय सदस्य तथा अधिवक्ता र पत्रकार महांसघ जुम्ला शाखाका संस्थापक अध्यक्ष,कर्णाली को सन्देश साप्ताहिकका प्रधान सम्पादक। सञ्चालक हुनु हुन्छ ।