आक्रमक चुनाव प्रचारमा ज्ञानेन्द्र शाही :आठ पालिका पुगे, आफूले चुनाव जित्ने दाबी

जुम्ला : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही यतिबेला गृह जिल्ला जुम्लामा कुनाकन्दरामा पुगिरहेका छन् । काठमाडौँमा भव्य समारोहका बीच जुम्लाबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका शाही त्यसयता जुम्लामै चुनाव प्रचारप्रसारमा व्यक्त छन् । उनी जुम्ला आएयता आठ वटै पालिका पुगे ।

आक्रमक चुनाव प्रचारप्रसार अभियानमा रहेका शाही भेटघाटको क्रममा जनताबाट आएको प्रतिक्रिया र न्यानो स्वागतले उत्साहित भएका छन् । उनले आफूले प्रतिनिधिसभा चुनाव जित्ने दाबी समेत गर्दै आएका छन् । निर्वाचन प्रसारको क्रममाा जिल्लाका आठ वटै स्थानीय तहमा पुगेका शाहीले जुम्लाका जनताले आफूलाई जिताउनेमा ढुक्क देख्छिन् ।

आइतबार ज्ञानेन्द्र शाही जिताउ अभियानको सम्पर्क कार्यालय स्थापना गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा समेत शाही सोचे भन्दा पनि बढी आशाबादी देखिए । सम्मेलनमा शाहीले आफूले चुनाव जित्ने ठोकुवा नै गरेका छन् । उनको सम्पर्क कार्यालय चन्दननाथ नगरपालिका वडा नम्बर ५ जुगाड खोला नजिकै कार्यालय खोलिएको छ ।

उनले पहिलो चरणको कार्यक्रम अन्तर्गत सबै पालिकामा भेटघाट कार्यक्रम सकिए लगत्तै सचिवालय स्थापना गरिएको बताए । उक्त अवसरमा शाहीले आफ्नो पार्टीले जुम्लाबाट प्रतिनिधि सभामा पहिलो जित निकाल्नेसमेत दाबी गरेका थिए ।

आफ्नो उम्मेदवारी कुनै दल र व्यक्ति हराउन नभइ जुम्ला जिल्लालाई केन्द्रिय राजनीतिकको प्रवाहमा ल्याउन र जिल्ला विकासको लागि भएको शाहीको भनाइ छ ।


प्रचार अभियान अन्र्तगत सिंजा गाउँपालिकामा साउन २८ गते, कनकासुन्दरी गाउँपालिकामा २९ गते र ३० गते हिमा गाउँपालिकामा आम सभा आयोजना गरेका थिए ।

यस्तै तिला गाउँपालिकामा साउन ३१ गते कार्यक्रम भएको थियो भने भाद्र १ गते तातोपानी गाउँपालिकामा कार्यक्रम भएको थियो । भाद्र २ गते गुठिचौर गाउँपालिकामा कार्यक्रम गरेका उनले पातारासी गाउँपालिकामा ३ गते कार्यक्रम गरे । अब थप प्रचार अभियान सुरु भएको शाहीको सचिवालयले जनाएको छ ।