जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरद्धारा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत प्रदान गरेको छ ।
सो विद्यालयलाई जग्गा व्यवस्थापन र तत्कालका लागि चाहिने भौतिक पुर्वाधार तथा आर्थिक श्रोत पालिकाले गर्ने गरी परिषद्को आंगिक शिक्षालयको रुपमा सिंजा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्वीकृत प्रदान भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
गाउँपालिकामा परिषदको आङ्गिक बहुप्राबिधिक शिक्षालय खोल्नेका लागि केन्द्रमा धैरे अथक मेहनत र प्रयासपछि सिटिभिटिमार्फत सो विद्यालय स्थापनाका लागि काम अगाडि बढेको छ । अध्यक्ष धितालले भने ,“प्रविधिक शिक्षा आर्जन गर्नेका लागि सिंजा अब प्रविधिक शिक्षाको गन्तव्य बन्ने अध्यक्ष धितालको भनाइ छ । ” बहुप्राबिधिक शिक्षालयलाई चाहिने थप सहयोग गर्ने सिंजाका नागरिकलाई अध्यक्ष धितालले अनुरोध समेत गर्नुभएको छ ।
यहाँका स्थानीयवासीको आवश्यकता र उनीहरुको अपेक्षा अनुसार अब सिंजा गाउँपालिकामा बहुप्राबिधिक शिक्षालय स्थपना हुने भएको छ । बर्षेदेखिको सिंजावासीको माग पूरा भएको अध्यक्ष धितालले बताए । प्राविधिक जनशक्ति उत्पादन गर्ने एउटा भरपर्दो शिक्षालयको रुपमा सिंजा बहुप्राबिधिक विद्यालय स्थापन हुने भएपछि यहाँका विद्यार्थीदेखि स्थानीयमा खुसी छाएको छ ।
उक्त विद्यालय स्थापना गर्नेमा सहयोग गर्नुहुने पहलकदमी सम्पुर्ण व्यक्ति तथा सम्बन्धित सरोकारवाला निकायहरुलाई हार्दिक धन्यवाद ज्ञापन सिंजा गाउँपालिकाले दिएको छ ।
जुम्ला दर्पण । १२ माघ २०७९, बिहीबार १७:२७