रामप्रकाश विक,जुम्ला
गुठिचौर गाउँपालिका–३ नम्बर वडाका १सय २२ जना जेष्ठ नागरिकहरुलाई जाडोबाट बच्नका लागि कम्बल वितरण गरेको छ । वृद्धवृद्धलाई जाडोबाट बच्नका लागि कम्बल वितरण गरेको गुठिचौर गाउँपालिका-३ वडा अध्यक्ष ईन्द्र वुढाले जानकारी दिए । वुढाका अनुसार ३ नम्बर वडा कार्यालयले वडाभित्रका जेष्ठ नागरिकहरूलाई जाडोमा कम्बल वितरण गरेको हो ।
जेष्ठ नागरिकहरुका लागि आगामी वर्ष पनि जेष्ठ नागरिकको सुझाव अनुसार विषेश कार्यक्रम सञ्चालन गरिने वडाअध्यक्ष वुढाले बताए। जेष्ठ नागरिक अभिभावक भएकाले सल्लाह सुझाव सधै अवश्यकता हुने उनले बताए ।
बजेटले भ्यएसम्मा समस्या सम्धानका लागी सधै लागि परेको उनको भनाई छ । यो वडा सरकारले सवैको साझा भएर काम गरेको दाबी गरे । जेष्ठ नागरिकको आवश्यकता लाई वुझने आश्वासन दिनु भएको छ ।
त्यस्तै, गुठिचौर गाँउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दान वहादुर वुढाले जाड रक्सी पयोग नर्गन र यसलाई निमोल गर्नका लागी सवैको साथको आवश्यकता रहेकोमा जोड दिए । गाँउपालिका अध्यक्ष वुढाले पालिका सरकारले जेष्ठ नागरिकको हितमा काम गर्ने बताए ।
जेष्ठ नागरिकले जाड रक्सि खाएको सुनिएकोले जेष्ठ नागरिक अभिभावक भएकोले त्यसो नर्गन आग्रह गदै, यो अभियान निरन्तर चलि रहने उनको भनाई छ।
त्यस्तै, गुठिचौर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरिले जेष्ठ नागरिक जुन र बेल जस्तै भएकोले यहाँहरुको आर्शिवाद ठुलो हुने बताए ।
जेष्ठ नागरिकला्ई सम्मान गर्नु राम्रो काम भएको बताउदै, विकास भनेको पुल पुलेसा, दरवार मत्रै नभएको उनको भनाई थियो । सुझाव सल्लाहका गहना जेष्ठ नागरिक भएको अधिकृत गिरिले वताउनु भएको हो ।
जेष्ठ नागरिकबाट रचनात्मक सल्लाह सुझावकको अपिक्षा गरेको बताए ।
वडाभित्रका ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई जाडो मौसमसँगै न्यानो कपडा वितरण गरिएको वडा सचिव पवित्रा रोकायाले बताए । उनले भने, ‘जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक÷एक थान कम्बल वितरण गरेको वताउनु भएको छ।
‘जसले गर्दा जेष्ठ नागरिकलाई न्यानोको महसुस होस, भन्नका लागी वितरण गरिएको उनको भनाई छ । गुठिचौर-३ गर्ज्याङ्गकोटका ६० बर्ष पुरा भइ वृद्ध भत्ता प्राप्त गर्ने ६२ जना, ७० बर्ष माथीका ५४ जना, जेष्ठ अपांग १ जना र एकल महिला जेष्ठ नागरिक ५ जनालाई कम्बल वितरण गरिएको वडा सचीव पबित्रा रोकायाले जानकारी दिए।
त्यस्तै, जेष्ठ नागरिक लालसिंह वुढाले गाँउपालिकाले जाड रक्सिको अभियान प्रभावकाकारी बनाउनु पर्ने बताए । सुरुवाती चरणमा अभियान प्रभावकारी भएको तर अहिले गाउँमा खाएर होहल्ला गर्न वढेको उनको भनाई थियो।
उनले कम्बल दिइ सहयोग गरेकोले नजिकको सरकार आएको अनभुुति भएको बताए। लालसिंह वुढाले पहिला वादल फाटेको र अहिले फेरि बादल लागेको वताउदै, जाडरक्सि रोक्ने अभियानलाई निरणतन्ता दिन पलिका सरकारलाई उहाँको अनुरोध गरे ।
त्यस्तै, जेष्ठ नागरिक धर्मसिहं वुढाले वृद्धवृद्धाहरुको लागी यो चिसोमा सहयोग गर्नु भएकोमा वडा र पालिका सरकारलाई धन्यवाद ज्ञापन गरे । अरु विकास भन्दा जेष्ठ नागरिकको आँखा विद्युत भएकोले यसमा सरकारले ध्यान दिन जेष्ठ नागरिक वुढाले आग्रह गरे । बूढो भयौं अँखा प्रष्ट देखिन झन् विद्युत जादा समास्या हुने गरेको दुखेसो पोखे ।
जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न र उनीहरुको मनोबल उच्च राख्न कमल वितरण गरि सम्मान गरिएको पालिकाकाकि कार्यपालिका सदस्य वसन्ति वुढाले बताए । कम्बल वितरण कार्यक्रममा वडा सदस्यहरु, कर्मचारि स्थानीय र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
ज्येष्ठ नागरिकमैत्री अवस्था बनाउन अबका लगानीलाई तिनका चुनौती समाधान गर्नेतर्फ केन्द्रित गर्नु जरुरी छ । संयुक्त परिवारको आकार सानो हुँदै जानुका साथै परिवारसमेत एक्लिंदै ’सिंगल लाइफ’ का अवधारणामा विकास हुँदै जान थालेका छन् ।
समाजमा विद्यमान छोराबुहारीले पाल्लान् भन्ने धारणालाई परिमार्जन गरी मैले वृद्धावस्थाको एक्लो जीवनयापनलाई कसरी सहज बनाउन सक्छु होला भनेर युवावस्थादेखि नै बचत गर्ने तथा वृद्धावस्थाको औषधि, उपचार, बिमा गर्ने बानीको विकास गर्न आवश्यकता देखिन्छ ।
जुम्ला दर्पण । ११ फाल्गुन २०८०, शुक्रबार १२:२५