जुम्लाका धिरज जैसी अनेरास्ववियुको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा उम्मेदवारी

विजय रावत
जुम्ला,४ फागुन : नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ । जुम्लाका धिरज जैसिले अनेरास्ववियुको केन्द्रीय अनुशासन आयोगको अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन् ।काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा उम्मेदवारी दिएको जैसीले जानकारी दिए ।

समग्रमा विद्यार्थीहरुको हक, हित र अधिकारलाई स्थापित गर्ने आवाजलाइ बुलन्द पार्नेका लागि उम्मेदवारी दिएको छु । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष पदका उम्मेदवार जैसीले भने ः अनेरास्ववियुको गर्बिलो इतिहासको रक्षा ,सृजनशिल वर्तमान र सुनौलो भविस्य निर्माण गरि संस्कारयुक्त राजनीति नविनतम नेतृत्व निर्माणको लागि मेरो उम्मेदवारी हो । देशभरीबाट प्रतिनिधित्वगरि आउने आम आदरणीय प्रतिनिधिज्युहरुले मलाई अमुल्य मतदान गरी बिजयी गराइदिनुहुन सबैलाई हार्दिक अपिल गरेको जैसीले बताए ।
को हुन धिरज जैसी 
२०५९ सालमा अनेरास्ववियुको हाकु मा.वि.जुम्लाको प्रारम्भिक कमिटी सचिबबाट राजनीति यात्रा सुरु गरेका जैसले २०६७ मा जिल्ला कमिटी जुम्ला को सचिव हुदै २०६८ सालमा जिल्ला कमिटी जुम्लाको अध्यक्ष भई काम गरिसकेका छन् । २०७१ मा साविको अञ्चल कमिटीको सचिव हुदै २०७२ मा अनेरास्ववियुको २२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य भई कुशलता पुर्वकमा जिम्मेवारी बहन गरिसकेका छन् जैसीले । अनेरास्ववियुको सचिवालय हुँदै स्थायी कमिटी सदस्य भई काम गरेको अनुभव पनि छ ।

२०७४ सालको स्थानीय तहको निर्बाचनमा जिल्लाको तातोपानी गाउँपालिका ४ को वडाध्यक्षमा भारि मतअन्तरले जैसी निर्वाचित भएका थिए ।
मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने छ । १० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ ।