स्ववियु सचिवकाे उदाहरणीय काम जन्मदिनमा वृक्षारोपण

रेशम अनुराग-जुम्ला

जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सचिव जयकृष्ण जैशीले जन्मदिनको अवसरमा क्याम्पसमा वृक्षारोपण गरेका छन्।

२४ वर्ष पूरा भएर २५ वर्ष लागेका जैशीले आफू अध्ययन गरिरहेको क्याम्पसमा वृक्षारोपण गरेका हुन्।

 

क्याम्पसको वातावरण शान्त र विद्यार्थी मैत्री बनाउनलाई यो नयाँ अभ्यास गरेको सचिव जैशीले बताए। ‘मैले रोपेका विरुवा जसरी पनि हुर्काउने कोसिस गर्नेछु,’उनले भने।

जन्मदिनको अवसरमा सृजनात्मक कदम चालेर उदाहरण दिनु सकारात्मक कदम भएको विद्यार्थी कल्याण तथा खेकुद प्रमुख पदम बहादुर शाहीले बताए।

‘स्ववियु सचिवले उदाहरणीय काम गरेर देखाउनु भएको छ,’उनले भने,‘यसलाई निरन्तरता दिने र बिरुवा हुर्काउने काम गर्न सकियो भने यसले दुरगामी असर पार्नेछ।’
निडर समाजसेवि एव शैक्षिकक्षेत्र सुधार गनै भनेर स्ववियु निवाचनमा हाेमिएका थियाे ।फलस्वरूप उनले जित हात पार्याे । उनी कुशल विधाथी लिडर हुन ।

सचिव जैशी बिएड दोस्रो वर्षमा अध्ययन गरिरहेका छन्।