प्रधानमन्त्री ओलीद्वारा कर्णाली प्रतिष्ठानको शैक्षिक भवनकाे उद्घाटन

जुम्ला : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नवर्निमित शैक्षिक भवनको उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री ओलीद्धारा प्रतिष्ठानको सुविधायुक्त शैक्षिक भवन उद्घाटन गरिएको हो ।

प्रतिष्ठानको पहिलो दिक्षान्त समारोह,सिनेट बैठक लगायतका कार्यक्रममा सहभागी हुन बुधबार जुम्ला पुगेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नयाँ शैक्षिक भवनको औपचारिक उद्घाटन गर्नु भएकाे हाे ।

भवन उद्घाटन भए लगत्तै प्रतिष्ठानकाे सिनेट बैठक सुरु भएकाे छ । सिनेट बैठकपछि दिक्षान्त समाराेह सुरु हुने छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेढ दशकपछि बल्ल आफ्नै सुविधायुक्त शैक्षिक भवन पाएको छ ।

२०६८ सालमा स्थापना भएको कर्णाली प्रतिष्ठान हाल सम्म भाडाकै घरमा अध्यापन गर्दै आएको थियो । तर झण्डै १३ वर्षपछि भने प्रतिष्ठानले अध्यापन गर्नका लागि आफ्नो नयाँ शैक्षिक भवन पाएको छ ।