जुम्ला : जुम्लाका आठ वटै स्थानीय सरकारले बजेट ल्याएका छन् । एक नगरसहित सात वटा गाउँपालिकाले एकैसाथ बजेट ल्याएका हुन् । नगर तथा गाउँ सभामा प्रस्तुत बजेटमा सबै भन्दा धेरै चन्दननाथ नगरपालिका र सबै भन्दा कम गुठीचौर गाउँपालिकाको रहेको छ ।
चन्दननाथ नगरपालिकाले ५५ करोड १० लाख र गुठीचौर गाउँपालिकाले ३२ करोड ५० लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । यस्तै तातोपानी गाउँपालिकाले ४० करोड २५ लाख ८२ हजार, तिला गाउँपालिकाले ४४ करोड ९२ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएका हुन् ।
यसैगरी, हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ रुपैयाँ बजेट ल्याएको हो ।
सिञ्जा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार रुपैयाँ ल्याएको छ भने, कनकासुन्दरी गाउँपालिकाले ४८ करोड२९ लाख ४३ हजार रुपैयाँको बजेट ल्याएका हुन् । पातारासी गाउँपालिकाको कूल बजेट ४० करोड ४५ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
जुम्ला दर्पण । १० असार २०८०, आईतवार २०:३०