कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी

जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएकाे छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् । बढुवा र स्तरबृद्विकाे माग सम्बाेधन नभएकाे भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएकाे छ । यस्तै उपकुलपति,शिक्षाअध्यक्ष र रजिस्ट्रार लगायतका पदाधिकारीकाे कार्यकक्षपनि तालाबन्दी हुँदा काम ठप्प भएकाे छ ।

प्रतिष्ठानमा करिब ४ सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्य ७०/७५ जना मात्रै स्थायी छन् । भने ठुलाे संख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत रहेका छन् ।

विगत लामाे समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रिया अघि नबढाइनु, अदालतले समेत आन्दाेलनरत कर्मचारीकाे पक्षमा समेत फैसला गरिसक्दा र जुम्लामा बसेकाे सिनेट बैठकले आन्दाेलरत कर्मचारीकाे मागलाई संबाेधनकाे प्रक्रिया अघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएकाे आन्दाेलनरत कर्मचारीले बताएका छन् ।

२०८० भदौ २१ गते कर्मचारीहरुले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए, जसमा असोज ८ गते बढुवा पत्र प्रदान गरिएको थियो।

तर, अन्य बाँकी स्थायी कर्मचारीहरुको स्तरवृद्धि प्रक्रिया २०८० असोज १ गतेबाट अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन्।

यस विषयमा अदालतले २०८१ भदौ २६ गते कर्मचारीहरुको पक्षमा निर्णय सुनाएपछि पनि कार्यान्वयन नभएको आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले बताएका छन्।

 

अदालतकाे फैसलादेखि सिनेट बैठकले समेत आन्दाेलनरत कर्मचारीकाे माग संबाेधनलाई अघि बढाउन निर्णय गरेपनि गत कात्तिक २७ गते पुनः वार्ता भएको र २८ जनाको स्तरवृद्धि गर्ने निर्णय सहमति भएकाेमा कात्तिक २८ गतेको बैठकले निर्णय अनुमोदन गर्न आनाकाने गरेपछि प्रतिष्ठानमा तालाबन्दी गर्न बाध्य भएकाे कर्मचारीहरुले बताएका छन् ।

आफ्ना माग संबाेधन नभए सम्म आगामी मंसिर ५ गते सम्म कर्मचारीले विभिन्न आन्दाेलनका कार्यक्रम सार्वजानिक गरेका छन् ।

४८ घण्टाभित्र निर्णय कार्यान्वयन नभएमा अस्पतालका आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । आफ्ना माग सम्बाेधन र निर्णय कार्यान्वयन गर्न ४८ घण्टे अल्टिमेटम दिएका छन् ।

यस्ता छन्, शिक्षक कर्मचारीका माग