जुम्लामा नदिले बगाएर बालुवा उतार्ने बालिकाको मृत्यु ।

डिल्ली अन्जान

जुम्ला । जुम्लाकाे कनकासुन्दरी गाउँपालिका -६ मा बालुवा उतार्न गएकी एक किशोरीलाई नदीले बगाउँदा मृत्यु भएकाे छ।

मृत्यु हुनेमा कनकासुन्दरी -६ दाँतेओखर गाउँकी १७ वर्षकी मैना सार्की रहेकाे स्थानीय कर वर्डले जानकारी दिए।

उनका अनुसार मृतक बालिका हिमा नदीकाे लाैडीसेन भन्ने ठाउँनेर बालुवा उतारिरहेकी थिइन्। त्यहिबेला नदीका छालले चिप्ल्याएर उनकाे मृत्यु भएकाे हाे।

‘नदीले लाैडीसेबाट तीन सय मिटर तलसम्म बगाएपछि बालिकाकाे मृत्युु भयाे,’ उनले भने, ‘नदीकाे बहाव अध्यधिक बढेकाे हुनाले बालिका बचाउन सकिएन।’

मृतक बालिका पाण्डवगुफा मावि काेटघरमा १० मा अध्ययनरत छात्रा भएकाे कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष दामाेदर आचार्यले बताए।

‘अहिले लास काेटघर स्वास्थ्य चाैकीमा राखिएकाे छ,’ उनले भने, ‘उनकाे पाेष्ट माटमकाे लागि जिल्लाबाट टाेली