जुम्ला : जुम्लाका पत्रकार सागर परियार `मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार-२०८१´ बाट पुरस्कृत भएका छन्। मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट परियार पुरस्कृत भएका हुन्।
पत्रकार परियारलाई मुक्तिनाथ विकास बैंककाे १९ औं वार्षिक उत्सवकाे अवसरमा शुक्रबार काठमाडौंमा आयाेजित एक समाराेहका बीच पुरस्कार वितरण गरिएकाे हाे । उनले कृषि र उद्यमशीलताका क्षेत्रमा निरन्तर कलम चलाएकाे भन्दै उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
बैंकले यस अघि पुरस्कारका लागि देशभरीबाट आवेदन दिन सूचना प्रकाशन गरेकाे थियाे। ताेकिएकाे अविधभित्र देशभरका थुप्रै पत्रकारले आवेदन दिएका थिए।
तर छनाेट समितिले गरेकाे मूल्यांकनपछि जुम्लाका पत्रकार परियारले मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारकाे ‘प्रथम’ पुरस्कार जित्न सफल भएका हुन् ।
विशेषगरी कृषि र उद्यमशीलता विकास, त्यस क्षेत्रका समस्या तथा समधान लगायतका विषयमा दुर्गममा बसेर पनि निरन्तर खबरदारीमुलक समचार लेख लेखेकाे र समस्या उजागर गरेकाे भन्दै बैंककाे छनाेट समितिले प्रथम पुरस्कारका लागि सागर परियारलाई छनाेट गरेकाे हाे।
प्रथम पुरस्कार जित्न सफल पत्रकार परियारले नगद रु ३५ हजार सहित प्रशंसा पत्र प्राप्त गरेका छन्। उनलाई बैंकका अध्यक्ष भरतराज ढकालले पुरस्कार हस्तान्तरण गरे।
मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिताकाे प्रथम पुरस्कार प्राप्त गरेपछि पत्रकार सागर परियारले खुसी व्यक्त गरेका छन्। जुम्लामा संचालित कर्णाली मिसन अनलाइनका प्रकाशक हुन् ।
नेपाल पत्रकार महासंघ जुम्लाका काेषाध्यक्षसमेत रहेका परियार रेडियाे नेपाल र काराेबार दैनिकमा समेत कार्यरत छन् ।
जुम्ला दर्पण । १९ पुष २०८१, शुक्रबार १५:४१