जुम्ला विमानस्थलमा हवाई इन्धनकाे डिपाे स्थापना हुने

४ करोड ४२ लाख बजेट धावनमार्ग बिस्तारका लागि प्रयोग हुने

जुम्ला : जुम्ला विमानस्थलमा हवाई इन्धनकाे डिपाे स्थापना हुने भएकाे छ । चालु आवकाे नीति तथा कायर्यक्रममा उल्लेख भए अनुसार  जुम्ला विमानस्थलमा हवाई ईन्धनको डिपो राख्ने सहमति भएको हाे ।

यही असाेज २२ गतेखविमानस्थलबाट अन्य कर्णालीका जिल्लाहरूमा आन्तरिक उडानका लागि हवाई इन्धनकाे अभाव भएकाे भन्दै हवाई इन्धनकाे डिपाे स्थापना गर्न जुम्लाकी प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवालले नेपाल आयल निगमलाई अनुराेध गरेकी थिइन् ।

निगमले नीति तथा कायर्यक्रममा समावेश भएकाे भन्दै अध्ययन समिति बनाई कार्य प्रारम्भ गर्न सराेकारवाला निकायलाई निर्देशन दिएकाे थियाे । `जग्गा प्राप्तिको लागि नागरिक उड्ययन प्राधिकरण संग छलफल भएको छ । स्थलगत अनुगमन र कार्यन्वयन को लागि दशै र तिहारको वीचमा नेपाल आयाल निगमको प्राबिधिक टोली जुम्ला जाने सहमति भएको छ,´ सांसद सेजुवालले भनिन् ।


जुम्ला विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना भए पश्चात आन्तरिक उडानको वृद्धिका साथै कर्णालीको पर्यटन विकासमा महत्वपुर्ण टेवा पुग्ने उनले बताइन् । यस्तै हाल विनियोजन भएको  ५० लाख बजेट धावनमार्गको लागि जग्गा अधिगरण गरि मुवाब्जा वितरण गर्न प्रयोग गरिने सेजुवालकाे भनाइ छ ।

  थप बजेट रकामान्तरको समयमा व्यवस्था हुने भएकाे छ । नागरिक उड्ययन प्राधिकरणले विनियोजन गरेको ४ करोड ४२ लाख बजेट धावनमार्ग बिस्तारका लागि प्रयोग हुनेण  बताइएकाे छ ।