जुम्ला : जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । ती मध्ये ी दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पातारासी गाउँपालिका १ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामाको घटनास्थलमा मृत्यु भएको हो ।

सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यकाल जुम्लाले जनाएको छ। जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।

जुम्ला दर्पण । २ माघ २०७९, सोमबार १७:४९