
जुम्ला । जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार विहान उद्घाटन गरिएको छ ।
सम्मेलनको शनिवार विहान प्रतिनिधिसभा सांसद विनिता कठायतले उद्घाटन गरेकी हुन् । सम्मेलनमा मानसिक स्वास्थ्य सम्बन्धी दर्जनौ प्रस्तुतीकरण हुने छ । प्रस्तुतीकरणको कार्यक्रम होटल कान्जिरोवामा भईरहेको छ ।
‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रर्वतन तथा सहकार्य’ नारासहित सम्मेलनको आयोजना गरिएको छ । स्थित सुविधासम्पन्न हार्वर्ड युनिभर्सिटीको आयोजनामा दुर्गम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्मेलन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताए ।
सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’बाट जुम्लाका धेरै विरामी लाभान्वित हुने विश्वास गरिएको छ । विभिन्न कारणले दुर्गमका नागरिक मानिसमा मानसिक चिन्ता बढ्दो त्यसलाई कम गर्न र सकरात्मक सोचको विकास गर्न यो सम्मेलन काशेढुंगा सावित हुने सांसद विनिता कठायतले बताईन् ।
सम्मेलनका लागि अमेरिकाबाट चार र नेपालभरिबाट दर्जनभन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी छन् । सम्मेलनपछि जुम्ला घोषणा पत्र जारी गरिनेछ । सम्मेलन हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा हुन लागेको हो ।
प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतका अनुसार उक्त सम्मेलनमा करिब ५० वटा मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन् ।

जुम्ला दर्पण । २२ बैशाख २०८१, शनिबार १५:१४