जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द महत नियुक्त भएका छन् । नेपाल सरकारले महतलाई रजिस्ट्रार नियुक्त गरेको हो । यसअघि नृपेन्द्र महतको कार्यकाल सकिएपछि केही महिनायता रजिस्ट्रार पद रिक्त थियो ।
उनी नेकपा एमालेको कोटाबाट रजिस्ट्रार नियुक्त भएका हुन् र यसअघि नेपाली कांग्रेसको कोटाबाट डाक्टर पुजन कुमार रोकाया नियुक्त भएका थिए । रजिस्ट्रार नियुक्त भएका महत नेकपा माले जुम्लाका संस्थापक सदस्य हुन् । बौद्विक ईमानदार छवि भएका महत जुम्लाकै स्थानीय हुन् ।

जुम्ला दर्पण । १९ भाद्र २०८२, बिहीबार १७:३९