नन्द बहादुर रोकाया
जेठ ८ मुगु
मुगुको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले सडकमै जनचासाको बिषयमा सोमवार सार्वजानिक सुनुवाई गरेका छन् । दुई वर्षको कार्यकाल अवधिभर गरेका आफ्ना उत्कृष्ट कार्यको प्रगति विवरण प्रस्तुत गदै सार्वजानिक सुनुवाई गरेका हुन् ।
नगर प्रमुख भाम निर्वाचित भईसकेपछि हालसम्म नागरिकलाई सुचनाको हकलाई प्रत्याभुति गर्न र नगरपालिकाको कार्य प्रगतिलाई नागरिक माझ शुसुचित गराउन वर्षे पिच्छे सार्वजानिक सुनुवाई गर्दे आई रहेका छन् ।
यो दुई बर्षमा करिब ५५ वटा उत्कृष्ट कार्यभएका प्रगती विवरणमा उल्लेख गरीएको छ ।यसले गर्दा नागरिक प्रति उत्तरदायि बढेको छ । नगरपालिकाले हाल सम्म विभिन्न प्रकारका विकासे योजना अन्य समुदाय प्रति आर्कषण हुने कार्यहरु सञ्चालन गर्दे आई रहेका छन् ।
मेयर भाम निर्वाचित भईसकेपछि नगरपालिका र नगर प्रमुख संग जोडिएका उतकृष्ट काम कार्वाही लगायतका बिषयमा सार्वजानिक सुुनुवाई गर्देै आएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
मेयर भामले यो पनि भनेका छन् कि गरे के हुदैन भन्ने मुल मन्त्रका साथ श्रमदान अभियान लाई प्रभावकारी बनाउदै आएका छन् । श्रमदान अभियानले राज्यको आर्थिक भार लाई पनि न्युन हुनु र विकासे योजनामा पनि ठुलो भुमिका खेल्ने हँुदा श्रमदान अभियान लगायतका अभियान सञ्चालन गरेका छन ।
मुलुकका सबै स्थानीय तह मध्ये पहिलो पटक दलित निति पास गरि अन्तरजातिय विवाह गर्ने जोडी लाई प्रोत्साहन स्वरुप एक लाख रकम प्रदान गर्दे आई रहेको छ । यसले गर्दा अन्तरजाति विवाह गर्ने जोडी लाई प्रोत्साहन मिलेको छ । साथै कर्णाली प्रदेशका स्थानीय तह मध्ये दुर्गम हिमाली जिल्ला मुगु जस्तो स्थानमा नागरिकको समस्या लाई मध्येनजर गर्दे यातायातमा भएको सिन्डिकेट लाई तोड्न पहिलो पटक नगर बस सञ्चालनमा आएका छन् ।
त्यस्तै एक मुख दश रुख अभियान,सरसफाईको अभियान , भ्रष्टाचार नियन्त्रण अभियानलाई निरन्तरता दिदै आएको नगर प्रमुख बिष्णु कुमार भामले बताए ।
उहाँका अनुसारे गरिब विपन्न , दलितहरु लाई घाउमा मलम लगाउने प्रयासमा नगरपालिका भित्रका एक हजार दुई सय ५६ दलित घर परिवार लाई दशै भत्ता पहिलो चरणमा दुई हजार पाँच सयका दरले बितरण गर्दे आई रहेको पनि अवगत गराए ।
पछिल्लो समय युवाहरु बैदेशिक रोजगारीको लागि विदेशिने युवाहरु लाई स्वदेशमै बसेर अर्थात नगरपालिकामै बसेर आत्म निर्भर र जिविकोपार्जन गर्न नगरपालिकाका १ सय ५ जना बेरोजगार ब्यक्तिहरु लाई स्वरोजगार मुलक कार्यक्रम अन्र्तगत कुखुरा पालन , तरकारी खेति , भैसि पालन , बाख्रा पालन र बंगुर पालन ब्यवसाय लाई पनि निरन्तरता दिएको भामले जानकारी गराए ।
यसले गर्दा घरमै बसि जिविकोपार्जनमा ठुलो टेवा पुग्ने उनले बताए । आगामी आर्थिक बर्षमा नगरपालिका भित्रका ४ हजार घरदुरी लाई निशुल्क नुन वडामा वितरण गर्ने पनी नगर प्रमुख भामले सार्वजनिक सुनुवाई मार्फत जानकारी दिए ।
साथै नगर प्रमुख भामले राज्य बाट उपलब्ध गराउने सेवा सुविधा पनि त्याग गरेका छन् । जसमा आज सम्म मोवाईल सञ्चार खर्च नलिएको , नगर प्रमुखले आवास अर्थात क्वाटर सुविधा नलिएको र पाँच वर्षको जम्मा तलब बाट एम्बुलेन्स खरिद गर्ने समेत घोषणा गरेका छन् ।
जुम्ला दर्पण । ८ जेष्ठ २०८१, मंगलवार १६:०१