चन्दननाथ नगरपालिकामा बालविवाह न्युनिकरण सम्बन्धि अन्तरक्रिया

जुम्ला : जिल्लाकाे चन्दननाथ नगरपालिकामा बालविवाह न्युनिकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न भएकाे छ  । बालबालिकाविरूद्वकाे साझा सञ्जालकाे आयाेजनामा नगरपालिकामा अन्तरक्रिया सम्पन्न भएकाे हाे । चन्दननाथ नगरपालिकाकाका नगरप्रमुख राजुसिंह कठायतकाे अध्यक्षतामा विभिन्न सराेकारवालाहरूकाे सहभागीतामा अन्तरक्रिया सम्पन्न भएकाे थियाे ।

नगरप्रमुख कठायतका अनुसार नगरपालिकाले बालविवाह सम्बन्धि कार्यविधि निर्माण गरिरहेकाे छ । बालविवाह न्युनिकरण गर्न नगरपालिका प्रतिबद्ध रहेकाे उनकाे भनाइ छ । नगर उपप्रमुख रामदेवी खड्काले नगरपालिकामा बालविवाह न्युनीकरणका क्रियाकलाप सञ्चालन गरिरहेकाे बताइन् ।

नगरका विभिन्न वडामा हुन लागेका दुई वटा बालविवाह राेकेकाे उनले बताइन् ।अन्तरक्रियामा बालविवाह न्युनिकरण चन्दननाथ नगरपालिकाकाे नीति तथा कार्यक्रममा आए अनुरूप आर्थिक वर्ष २०८१/०८२ मा कार्यान्वयन गर्ने निर्णय गरिएकाे छ ।