प्रकाश वि क जुम्ला
जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावल र शिक्षाध्यक्ष डा. डाबल धामीसहितको टोली भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा प्रस्थान गरेको छ ।
गएराति जाजरकोटको बारेकोट गाउँपालिका – १ रानीडाँडा केन्द्र विन्दु बनाएको गएको ६ दशमलव ४ मेग्निच्यूटको भुकम्पले धेरै धनजनको क्षति भएको छ ।
राहत उद्धार तथा उपचारका लागि प्रतिष्ठानको टोली जाजरकोट जिल्ला प्रस्थान गरेको हो ।
प्रतिष्ठानका उपकुलपति डा. रावल हाडजोर्नी रोगका विशेषज्ञ हुन् । टोलीमा सांसद डा. तोषिमा कार्की पनि रहेकी छन् ।
प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार उपकुलपतिसहितको टोली काठमाडौँबाट जाजरकोट आएको छ । जुम्ला प्रतिष्ठानमा पनि टोली तयारी गरिएको छ ।
अहिले विषेश गरी सुर्खेत नेपालगज्जदेखि भुकम्प प्रभाजित जिल्लामा चिकित्सको टोली परिचालित भएको छ । आवश्यकता परेको खण्डमा जुम्लाबाट पनि थप चिकित्सको टोली पठाउने तयारी भएको छ । अहिले हामी सम्र्पकमै छौँ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दिउसो १ बजेसम्मको अपडेट अनुसार जाजरकोटमा महिला ६९ जना, पुरुष ३० जना गरी ९९ जना मृत्यु भएको छ । ८१ जना घाइते भएका छन् ।
रुकुम पश्चिममा १९ जना महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको जनाएको छ । ४४ जना महिला र ३१ जना पुरुष घाइते भएका छन् । दैलेखमा दुई जना पुरुष घाइते भएका छन् ।
सल्यानमा एक जना पुरुष र जुम्लामा दुई जना महिला, तीन जना पुरुष घाइते भएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
जुम्ला दर्पण । १८ कार्तिक २०८०, शनिबार १६:३५