अन्तर मेडिकल कलेज खेलकुद : आयाेजककै दबदबा,पाहुना टाेली निरीह

जुम्ला  : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले प्रथमपटक `अन्तर मेडिकल कलेज खेलकुद प्रतियाेगिता´ आयाेजना गर्याे । प्रतिष्ठान स्थापनाकाे १३ वर्षपछि प्रथम पटक दिक्षान्त समाराेहकाे पूर्वसन्ध्यामा प्रतियोगिता आयाेजना गरेकाे थियाे ।

उक्त प्रतियोगिता भाद्र १६ देखि २२ गतेसम्म सञ्चालन भयाे । प्रतियोगितामा देशभरका ३२ स्वास्थ्य प्रतिष्ठानहरूलाई निमन्त्रणा गरिएकाे थियाे ।

तर, प्रतियोगितामा देशभरका पाँच वटा प्रतिष्ठानहरू मात्र सहभागी भए । पहिलोपटक आयाेजना भएकाे प्रतियोगितामा सफल रूपमा सम्पन्न भयाे ।

प्रतियाेगिता सकिदासम्मकाे फाइनल नतिजा हेर्दा आयाेजक अन्य टिम माथि हाबी देखियाे । १५ वटा स्पर्धामा प्रतिष्पर्धा भएकाेमा आयाेजक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला आफ्नाे दबदबा कायम राख्न सफल भयाे ।

उसले सर्वाधिक २१ पदक जित्याे । तीमध्ये ११ विधामा त स्वर्ण पदक नै जित्याे । ७ विधामा कास्य पदक जित्दा  ३ विधामा रजत पदक जित्न सफल भयाे ।

जबकी प्रतियोगितामा दाेस्राे स्थान हासिल गरेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुरले जम्मा दुई स्वर्ण जितेकाे छ । कुल पाँच पदक जितेकाे उसले एक कास्य र दुई रजतमै जित्न बुझायाे ।

कुल ६ पदक जितेकाे किस्ट मेडिकल कलेज, ललितपुरले एक स्वर्ण,दुई कास्य र तीन रजत पदक तृतीय हुन सफल भयाे ।

क्रमश राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषाले समान तीन तीन रजत र कास्य पदक जित्दै चाैथाे स्थान हासिल गर्न सफल भयाे ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम भने उपाधि विहीन भयाे  ।

प्रतियोगिताकाे आयाेजकसमेत रहेकाे प्रतिष्ठानले सबैभन्दा बढी उपाधि जित्न सफल हुँदा पाहुना टाेली निरीह देखिए ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका खेलकुद समितिका सदस्य सचिव निसान्त लामाकाका अनुसार प्रतिष्ठानले उपाधि जितेकाे छ ।
फुटबल
फुटबल प्रतियोगिताकाे उपाधि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुरले जित्याे । उसले किस्ट मेडिकल कलेज, ललितपुरसँग निर्धारित समयमा एक/एक बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५-४ गाेल अन्तरले उपाधि जितेकाे हाे ।

फाइनलमा खेल सुरू भएकाे केही समयमै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अग्रता बनाएकाे थियाे । दाेस्राे हाफमा किस्ट मेडिकल कलेजले एक गर्दै बराबरी गर्याे ।

निर्धारित समयमा एक/एककाे बराबरी भएपछि पेनाल्टी सुटिङ खेल गयाे । पेलान्टीमा चुक्दा किस्ट मेडिकल कलेज, ललितपुर द्वितीय स्थान मै चित्त बुझाउन बाध्य भयाे । किष्टसँग सेमिफाइनल हारेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले भने तृतीय स्थान हासिल गरेकाे हाे ।

  क्रिकेट
क्रिकेट प्रतियोगितामा किष्ट मेडिकल कलेज, ललितपुर प्रथम,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला दाेस्राे र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर तेस्राे स्थान हासिल गर्न सफल भएका छन् ।

पुरूष भलिबल
पुरूष भलिबलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर दाेस्राे र किस्ट मेडिकल कलेज, ललितपुर तेस्राे  भएका हुन् ।

महिला भलिबल
महिला भलिबल प्रतियोगितामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ । राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा दाेस्राे भएकाे छ ।

पुरूष टेबल टेनिस
पुरूष टेबल टेनिसमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर प्रथम,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला दाेस्राे र महाराजगंज चिकित्सा क्याम्पस, चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौं तेस्राे भएका छन् ।

महिला टेबल टेनिस
महिला टेबल टेनिसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम र दाेस्राे स्थान हासिल गरेकाे छ भने तेस्रो स्थान राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा भएकाे छ ।

चेसमा प्रथम र दाेस्राे स्थान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हासिल गरेकाे छ भने किस्ट मेडिकल कलेज, ललितपुर तेस्राे भएकाे छ ।

कविता प्रतियोगितामा भने चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौं प्रथम भएकाे छ । दाेस्राे र तेस्राे स्थान भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हासिल गरेकाे छ ।

हाजिरी जवाफ प्रतियोगितामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ । चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौं दाेस्राे र किस्ट मेडिकल कलेज, ललितपुर तेस्राे भएकाे छ ।

पुरूष एकसय मिटर दाैड
पुरूष एकसय मिटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलाे र द्वितीय स्थान हासिल गरेकाे छ भने राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा तेस्राे भएकाे छ ।

महिला एकसय मिटर दाैड
महिला एकसय मिटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलाे र तृतीय स्थान हासिल गरेकाे छ भने राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषाले द्वितीय स्थान हासिल गरेकाे छ ।

महिला १५ सय  मिटर दाैड
महिला १५ सय मिटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलाे र द्वितीय स्थान हासिल गरेकाे छ भने राजर्षिजनकले तेस्राे स्थान हासिल गरेकाे हाे ।

पुरूष ५ हजार मिटर दाैड
पुरूष ५ हजार मीटर दाैडमा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ । चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौं दाेस्राे भएकाे हाे । राजर्षिजनकले तेस्राे स्थान हासिल गरेकाे हाे ।

पुरूष १×४  सय मिटर दाैड
पुरूषतर्फ १×४  सय मीटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम,किस्ट मेडिकल कलेज, ललितपुर दाेस्राे र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर तेस्राे हुन सफल भए ।

महिला १×४  सय मिटर दाैड
महिलातर्फ १×४  सय मीटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम र राजर्षिजनकले दाेस्राे भएका हुन् ।

प्रतियोगितामा  मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा,राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा ,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर सहभागी भएका थिए ।  कर्णाली प्राविधिक शिक्षालय,जुम्ला बहुमुखी क्याम्पस र नेपाली सेनाकाे खेल मैदानमा भएका थिए ।