जुम्लाामा विषादी नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

जुम्ला : जिल्लामा व्यवस्थित विषादी विक्रि वितरण तथा विषादी नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न भएकाे छ । बुधबार जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनाकाे व्यवस्थित विषादी विक्रि वितरण तथा विषादी नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न भएकाे हाे ।

जिल्लास्थित सरोकारवाला निकायहरुको उपस्थितिमा जुम्ला जिल्लामा विभिन्न किसिमका औषधि तथा विषादीहरुको व्यवस्थित तथा नियन्त्रित बिक्री वितरण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयाेजना गरिएकाे थियाे ।

उक्त कार्यक्रममा कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले जिल्लामा कानून विपरीत तथा अव्यवस्थित एवं अनियन्त्रित विषादी विक्री वितरण भइरहेकाे बताएका थिए । उनका अनुसार यसबाट परीवार, समुदायमा दुरुपयोग हुन गई अपराधिक क्रियाकलाप हुने गरेको गरेकाे छ ।

उनले साे अवसरमा यश सम्बन्धिका विवरणसमेत प्रस्तुत गरेका थिए । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्ला जिल्ला अर्गानिक घाेषणा भइसकेकाे भन्दै राम्रोसँग लागू हुनुपर्ने बताएका थिए ।

कायर्यक्रममा सहभागी सराेकारवालाले व्यवस्थित विषादी विक्रि वितरण तथा विषादी नियन्त्रण गर्नुपर्नेमा जाेड दिएका छन् ।