जुम्ला : जुम्लाका एक नगरसहित ६ वटा गाउँपालिका साक्षर घाेषणा भएका छन् । मंगलबार एक समाराेहका बीच तिला गाउँपालिकालाई साक्षर घाेषणा गरेसँगै जिल्लाका सात पालिका साक्षर घाेषणा भएका हुन् ।
जिल्लामा रहेका सात गाउँपालिका मध्ये छैठौं गाउँपालिकाका रूपमा तिलालाई साक्षर घाेषणा गरिएकाे हाे । यससँग जुम्लाका चन्दननाथ नगरपालिकासहित सात स्थानीय तह साक्षर घाेषणा भएका छन् । गुठीचाैर गाउँपालिका मात्र साक्षर घाेषणा हुन बाँकी छ ।
मंगलबार साक्षर घाेषणा गरिएकाे तिलामा ९५.४ प्रतिशत नागरिक साक्षर रहेकाे जनाइएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले तिलालाई साक्षर घाेषणा गरेका हुन् । तिला गाउँपालिकाकी शिक्षा शाखा प्रमुख झनमाया खत्रीका अनुसारदुई वर्षपहिले देखि पालिकाका ९ वटै वडाका सबै गाउँ गाउँमा पुगेर गरिएकाे घरधुरी सर्वेक्षण,साक्षर कक्षा सञ्चालन गरिएकाे थियाे ।
उनले तिलाले साक्षर घाेषणाका लागि ताेकिएका १२ वटा सूचक मध्य ८० प्रतिशतभन्दा बढी उपलब्धी हासिल गरेकाे बताइन् ।
` १२ वटा सूचक मध्ये ५० प्रतिशत सूचक पूरा भएमा साक्षर पालिका घाेषणा गर्न सकिन्छ । प्र आफ्नाे नाम लेख्न सक्ने,घडि हेर्नसक्ने,माेबाइल चलाउन सक्ने,क्यालेण्डर हेर्न सक्ने सूचक छन् ।
यस्तै ट्राफिक नियम पालना गर्न सक्नेर एकदेखि १० सम्म गन्न सक्ने लगायतका १२ वटा सूचकमध्य ५० प्रतिशत सूचक पूरा भएमा साक्षर घाेषणा गर्न मिल्ने प्रावधान छ ।´, खत्रीले भनिन् ।
तिला गाउँपालिकामा कूल १४ हजार ५३९ जनसंख्या छ । तीमध्ये १५ वर्षमाथि र ५९ वर्षमुनिका ८६७ जना नागरिक निरक्षर थिए ।
पालिकाले गरेकाे सञ्चालन गरेकाे साक्षरता अभियानपछि ८२७ जना नागरिक साक्षर बनेका छन् । भने हाल तिलामा ४० जना नागरिक मात्रै निरक्षर रहेकाे तथ्यांकले देखाएकाे छ ।
कूल जनसंख्याकाे ९५.४ प्रतिशत नागरिक साक्षर भएकाे सुनिश्चित भएपछि साक्षर पालिका घाेषणा गरिएकाे तिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले जानकारी दिए ।
तिला गाउँपलिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार समय विकास क्रमसंगै गाउँ घरमा चेतनाको विकास भएपछि साक्षर घोषणा सम्भव भएको हाे ।
जुम्ला दर्पण । ४ मंसिर २०८१, मंगलवार २२:०५