तातोपानीका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन करार सम्झौता

शुभाकर विश्वकर्मा,जुम्ला

जिल्लाकाे तातोपानी गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबीच कार्यसम्पादन करार सम्झौता भएकाे छ । शुक्रबार एक कार्यक्रमका बीच अध्यक्ष नन्दप्रसाद चाैलागाईं,प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायत र शाखा प्रमुखहरूबीच कार्यसम्पादन करार सम्झौता भएकाे हाे ।

जिल्लामै नमुनाका रूपमा कार्यसम्पादन सम्झौता गरिएकाे हाे । पालिकाकाे सेवा प्रवाहलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले सम्झौता गरिएकाे हाे । तातोपानीका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच ३६ बुँदे शर्तमा हस्ताक्षर भएकाे छ ।

सम्झाैतामा गाउँ सभाबाट पारित याेजना हरेक आयाेजनाकाे प्रगति विवरण कायर्यपालिका बैठकमा समीक्षा गर्ने,सेवा छिटाे छरिताे बनाउने,वित्तीय सुशासन कायम गर्ने,शून्य सहनशीलता कायम गर्ने उल्लेख छ ।

 

यसैगरी वडा तहका कमर्मचारी जनताप्रति उत्तरदायी बन्नुपर्ने,स्थानीय स्तरका तथ्यांक अभिलेखिकरण गर्ने,विकास निर्माण कार्यमा कम्तिमा ८० प्रतिशत प्रगति हुनेगरी काम गर्ने,शिक्षा नीति निर्माण गर्ने चाैमासिक रूपमा सावर्वजनिक सुनुवाइ गर्ने तथा आन्तरिक आयलाई दीगो र विश्वसनीय बनाउने उल्लेख छ ।


सम्झाैतामा भनिएकाे छ,`स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइनेछ । कृषकहरूलाई समयमै सेवा उपलब्ध गराइनेछ । लक्षित समुहका कायर्यक्रम सम्बन्धित पक्षलाई हित हुनेगरी प्रभावकारी कार्यान्वयन गराउनुपर्नेछ । बालमैत्री,अपांग मैत्री,वातावरण मैत्री स्थानीय शासनकाे प्रयासलाई आवश्यक नीतिका आधारमा पूर्ण कार्यान्वयन गरिनेछ ।´

यसैगरी गाउँपालिकाबाट सम्पादन हुने सम्पूर्ण आयाेजना सम्बन्धि कार्यहरू बैशाख मसान्तसम्म कार्य सम्पादन गरिसक्नुपर्नेछ ।

तातोपानी गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबीच कार्यसम्पादन करार सम्झौता