जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिका तीनवटा वडामा हिंसारहित अभिभावक तथा सुरक्षित परिवार सेसन सञ्चालन गरिएकाे छ । गाउँपालिकाका वडा नम्बर १२३ का विभिन्न टाेलमा सेसन सम्पन्न गरिएकाे हाे ।
सेभ द चिल्ड्रेनकाे सहयाेग,किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा परियाेजनाकाे सहजीकरणमा तीन वटा वडाका तीन टाेलमन हिंसारहित अभिभावक तथा सुरक्षित परिवार सेसन सञ्चालन गरिएकाे थियाे ।
सहयात्रा तेस्राे परियाेजनाका परियाेजना संयोजक प्रकाशबहादुर शाहीका अनुसार कायर्यक्रम चार महिनासम्म सञ्चालन गरिएकाे हाे ।
साे अवधिमा ९ जना अभिभावकसँग १० सेसन सम्पन्न भएका छन् । ती वडाका ५ देखि १८ वर्ष उमेर समुहका बालबालिका र उनीहरूका अभिभावकसँग सेसन भएकाे उनले बताए ।
सेसन पश्चात सम्बन्धित टाेलमा घरपरिवारमा आचारसंहिता निर्माण गरिएकाे उनकाे भनाइ छ ।
डिल्ली कामी । २ मंसिर २०८१, आईतवार २२:०७