कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सामुहिक सरसफाइ

जुम्ला : वि.स.२०६८ मा स्थापना भएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला,पहिलोपटक दीक्षान्त समाराेह आयाेजना गर्दैछ ।

स्थापनाकाे १३ वर्षपछि आगामी भदाै २३ गते ऐतिहासिक प्रथम दीक्षान्त समारोह आयाेजना गर्न लागेकाे हाे । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शमर्मा ओलीसमेत सहभागी हुने समाराेहमा नयाँ शैक्षिक भवन समुद्घाटन लगायतका कार्यक्रम हुन लागेकाे प्रतिष्ठानले जनाएकाे छ ।

कार्यक्रमकाे पूर्वतयारी स्वरूप शनिबार सामुहिक सरसफाइ गरिएकाे छ । प्रतिष्ठानका पदाधिकारीहरु सहित, सम्पूर्ण शिक्षक तथा चिकित्सकहरु, कर्मचारी, सेक्युरिटी एवम् हेल्परहरु सहित र सम्पूर्ण विद्यार्थीहरु सबै मिलेर सरसफाइ गरेका हुन् ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार भाद्र २३ गते हुने कार्यक्रम स्वरूप प्रतिष्ठानमा सामुहिक रूपमा सरसफाइ गरिएकाे हाे ।

दीक्षान्त समारोहको पुर्वसन्ध्यामा भाद्र १६ देखि २१ सम्म
अन्तर मेडिकल कलेज खेलकुद सप्ताह हुन लागेकाे जानकारी दिए । साे अवसरमा प्रतिष्ठानकाे सिनेट बैठकसमेत बस्नेछ ।